arrow

सिंगो संसद् निर्वस्त्र बस्न मिल्दैन : धनराज गुरूङ

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
dhanaraj-gurung.jpeg
काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सांसद् धनराज गुरूङले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरूद्धको महाभियोग प्रस्ताव उनले गैरकानूनी रूपमा मच्चाएको उदण्डताको विरूद्ध रहेको बताएका छन् । 
 
शुक्रबार व्यवस्थापिका संसद्मा बोल्दै सांसद् गुरूङले लोकतन्त्रको रक्षाको लागि पनि यो महाभियोग प्रस्ताव दर्ता गराईएको भन्दै सिंगो लोकतन्त्रकै रक्षागर्नको लागि पनि महाभियोग प्रस्ताव पारित गराउनु पर्नेमा जोड दिएका छन् ।  
 
महाभियोग प्रस्ताव फेल गराउनकोलागि धेरै तिरबाट चलखेल भईरहेको भन्दै नेता गुरूङले यस्तो चलखेलको पछि नलाग्न पनि सांसद्हरूलाई आग्रह गरे । महाभियोग पारित हुँदा संवैधानिक अंग नै कमजोर बन्छ भन्ने हल्ला पिटाईएको भन्दै उनले त्यो सबै लोकमानलाई जोगाउनेहरूको नियोजित षड्यन्त्र रहेको बताएका छन् । उनले भने ‘यदि महाभियोग प्रस्ताव पारित गराउँदा संवैधानिक निकाय कमजोर बन्छ भने संविधानको धारा १०१ खारेज गरिदिए हुन्छ ।’ 
 
लोकमानसिंह कार्कीको कागजात माग गर्दा कार्यपालिकाको केन्द्र सिंहदरबार निर्वस्त्र बसेको भन्दै व्यवस्थापिकापनि निर्वस्त्र बस्न नमिल्ने उनको भनाई रहेको थियो । ‘कार्यपालिकाको केन्द्र सिंहदरबार निर्वस्त्र बसेको त देखिएको छ ।’ उनले भने ‘तर लोकतन्त्रको रक्षाको लागि व्यवस्थापिका संसद् निर्वस्त्र बस्न मिल्दैन । नेपालीको स्वाभिमान जोगाउनकोलागि पनि संसद् लोकतान्त्रिक प्रक्रियाको पक्षमा उभिनै पर्ने उनको भनाई रहेको थियो ।’   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ