arrow

महाभियोग माथिको छलफल जारी, अर्को बैठक सोमबार

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
samsadhall.jpeg
काठमाडौँ । व्यवस्थापिका– संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिँह कार्की विरुद्धको महाभियोग प्रस्ताव माथिको छलफलमा १७ जना सांसदले भाग लिएका छन् । बैठकमा भाग लिने अधिकांश सदस्यले महाभियोगको पक्षमा आफनो धारणा जाहेर गरे । 
 
उनीहरुले निलम्बित प्रमुख कार्कीले संविधान र कानुनको उपहास गरेको, पदीय आचरण विपरितको काम गरेको तथा सार्वभौमसत्ता सम्पन्न संसद्लाई बेवास्ता गरको आरोप लगाए । 
 
शुक्रबारको बैठकमा सांसद मिलन राजवशी, यशोदाकुमारी लामा, शेरबहादुर तामाङ, जगदीशनरसिंह केसी, राजाराम स्याङताङ, भरत साउद, पाँचकर्ण राई, सीता गिरी, सुरेन्द्र चौधरीलगायतले भाग लिएका थिए । व्यवस्थापिका–संसद्को अर्को बैठक यही कातिक २९ गते सोमबार बिहान ११ बजे बस्ने छ । रासस  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ