arrow

महामन्त्री शशांक कोइरालाका भतिज सिद्धार्थ देउवा प्यानलबाट चुनाव लड्दै

logo
प्रकाशित २०७३ कार्तिक २७ शनिबार
Siddharth_Koirala.jpeg
काठमाडौं । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन पोखरामा सुरू भएको छ । शनिबार पोखराको चिप्ले ढुङ्गामा पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेका छन् । 
 
महाधिवेशनको उद्घाटन शत्र सुरु भईसकेको भएपनि तरुणदल भित्र केही नीतिगत विषयमा अझै विवाद रहेको निकटस्थ स्रोतले जानकारी दिएको छ । नीतिगत विषय भित्र पनि बिशेषगरी बहालवाला केन्द्रीय समितिका सदस्यहरु यो महाधिवेशनबाट नयाँ नेतृत्वकोलागि उठ्न पाउने कि नपाउने भन्ने विषयमा विवाद चुलिएको छ । कार्यसमिति बाहिरका तीनै गुटका मानिसहरु उम्मेदवार बन्न नपाउने व्यवस्था गर्नुपर्ने पक्षमा रहेका छन् भने कार्यसमितिमा रहेकाहरुले यो प्रस्तावको खुलेर विरोध गरेका छन् । यही विषयमा पनि अहिलेसम्म कुरा मिल्न सकेको छैन। 
उता, नेतृत्वको विषयमा पनि आ–आफ्नै बाजा आ–आफ्नै तालमा तीनै गुट लागेका छन् । अहिले तीनवटै गुटले आ–आफ्ना उम्मेदवारहरूको लागि छुट्टाछुट्टै प्रचारप्रसारको काम गरिरहेका छन् । तर, अबको महाधिवेशनबाट तरुणदलमा यस भन्दा अगाडि सदस्यता समेत नलिएका व्यक्तिलाई नेतृत्वमा लैजाने कि तरुणमै लामो समय कामगरेकाहरुलाई मात्रै नेतृत्वमा उम्मेदवारी दिन सक्ने व्यवस्था गर्ने भन्ने सवालमा पनि अझै कुरा मिलेको छैन । यो विवादले पनि तरुणमा को नेतृत्वमा आउँछ भन्नेमा स्पष्ट हुन सक्ने अवस्था रहेको छैन ।
 
अहिले संस्थापनको रुपमा रहेको देउवा समूहले आफ्नो तर्फबाट अध्यक्षको आधिकारिक उम्मेदवारको रुपमा नेपाल विद्यार्थी संघको अध्यक्षको आकांक्षा देखाएर अन्तिम समयमा नैनसिंह महरलाई सहयोग गरेका जीतजंग बस्नेतलाई अगाडि सार्ने तयारी गरेको बुझिन आएको छ । त्यस्तै, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको तर्फबाट भने भूपेन्द्र जंग शाहीलाई अध्यक्षको रुपमा उठाउने तयारी भईरहेको छ । उता, तेस्रो समूहको रुपमा उदाएको कृष्णप्रसाद सिटौला पक्षबाट भने नारायण भट्टराईलाई अध्यक्षको रूपमा उठाउने तयारी भईरहेको तरुणदल महाधिवेशन निर्देशन समितिका एक सदस्यले जानकारी दिए । 
 
उता, यस अघिसम्म पौडेल पक्षबाट चुनाव लड्ने तयारीमा रहेका पार्टी महामन्त्री शशांक कोइरालाका भतिज एवं विपी कोइरालाका नाती सिद्धार्थ कोइराला भने देउवा पक्षबाट चुनाव लड्ने तयारीमा रहेको खुलेको छ । अहिलेको अवस्थामा पौडेल र कोइरालाको नेतृत्वबाट चुनाव लड्दा आफ्नो जीत हाँसिल हुनेमा आशंका बढेपछि उनी जीत सुनिश्चितताकालागि देउवा पक्षमा गएको बुझिन आएको छ । 
 
शनिबार विहान आफू देउवा पक्षबाट चुनाव लड्न लागेकोले आफूलाई सहयोग गर्न आग्रह गर्दै कोइराला सिटौलालाई भेट्न गएपछि यो कुरा बाहिर खुल्न आएको हो । उनी देउवा पक्षबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छन् । 
 
त्यसो त तरुणदलको नयाँ नेतृत्वलाई सर्वसम्मत बनाउने प्रयास पनि भईरहेको छ । अहिले स्थानीय निकायको निर्वाचन पनि आउँदै गरेको अवस्थामा तरुणदलमा सर्वसम्मत नेतृत्व चयन गरेर पार्टीभित्र एकमत रहेको कुरालाई सबैमा पुर्या‍उनुपर्ने भन्दै सर्वसम्मत नेतृत्व चयनको प्रयास पनि भईरहेको छ । यसले तीनै तहको निर्वाचनमा पार्टीलाई फाईदा गर्नेमा सबै सहमत रहेको भएपनि सर्वसम्मत नेतृत्वको विषयमा कुनैपनि निर्णग नभएको बताईएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ