arrow

निखिलको संरक्षण कसलाई ?

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
Nikhil.jpg.jpeg
काठमाडौं । फिल्म ‘भैरव’ र ‘लुटेरा’बाट आफ्नो एक्सन स्टारको छविलाई पुनर्ताजगी दिलाएका अभिनेता निखिल उप्रेती पुनः दर्शकमाझ त्यही एक्सन छविलाई लिएर आउने भएका छन् । तर उनको अबको छवि विशेषत सुरक्षासँग सम्बन्धित हुनेछ । अर्थात उनी फिल्ममा कोही पात्रको संरक्षकका रुपमा प्रस्तुत हुँदैछन् । 

द्वारिका उदय प्रोडक्सन, श्रीवास्तव फिल्मस्, हेटौडा मुभी मेकर्स टिम र पुर्णेन्द्र प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ‘संरक्षण’मा निखिललाई राजनीतिक वातावरणलाई सुधार्ने किसिमको प्रहरीको भूमिकामा देखिन लागिएको हो । फिल्म युनिटले सोमबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा निखिलले आफु अहिलेसम्मका फिल्म भन्दा अलिक भिन्न प्रहरी पात्रको भूमिकामा देखिन लागेको जानकारी दिए । ‘राजनीतिक अपराधलाई सुधार ल्याउने किसिमको भूमिकामा काम गरिरहेको छु,’निखिलले भने,‘यो फिल्ममा मैले आफुलाई मनपरेको भूमिकामा काम गर्न पाएको छु ।’ 

अर्का अभिनेता सौगात मल्लले आफू थारु प्रहरीको भूमिकामा देखिने बताए । फिल्ममा अशिष्मा नकर्मी, मलिना जोशी, रमेश रञ्जन झा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ, पवन महतो, अमितेश शाह, नन्दु श्रीवास्तव र राज कटुवालको अभिनय रहनेछ । फिल्ममार्फत पुर्णेन्दुकुमार झा निर्देशकको रुपमा डेब्यु गर्दैछन् भने कथा पनि फिल्ममा उनकै रहनेछ । 

प्रदीपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र स्वेता शाहको लगानी रहने फिल्ममा रमेश रञ्जन, पुर्णेन्दु र नेश मिश्रको पटकथा संवाद, जय निशान्तको संवाद, निमेष श्रेष्ठको सम्पादन, हिमाल केसीको द्वन्द्व, बसन्त सापकोटा र प्रवेश मल्लिकको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहनेछ । फिल्म माघको पहिलो साताबाट प्mलोरमा जानेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ