arrow

विश्वकप छनोटमा दावेदारहरु स्पेन र इटालीको शानदार जित, स्पेनको कीर्तिमान कायमै

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
spain-win.jpeg
मड्रिड । विश्वकप फुटबल छनोटमा उपाधिकै दावेदारहरु स्पेन र इटालीले शानदार जित हासिल गरेका छन् । शनिबार राति भएका खेलमा स्पेनले मेसेडोनियालाई ४–० ले हरायो ।
Macedonia's defender Kire Ristevski (centre) raises a high foot in an attempt to clear the ball
 
विश्वकप छनोटमा अपराजित संख्यालाई ५७ पु¥याउँदै कीर्तिमान रचेको स्पेनले घरेलु मैदानमा गोलको उपहारबाटै खाता खोल्यो । ३४ औं मिनेटमा डार्कोले आत्मघाती गोल गरे ।
 
Spain players celebrate following Macedonia's first-half own goal that gave the hosts the lead
मध्यान्तरपछि भने भिटोलो, मोन्रिियल र एडुरिजले एक एक गोल गरे । जितसंगै स्पेन युएफा समूह जीको शीर्ष स्थानमा पुगेको छ । 
 
यही समूहकै इटालीले पनि शानदार जित हासिल गर्ने क्रममा लेचेस्टेनलाई ४–० ले नै हरायो । एन्द्रे बेलोट्टीले दुई गोल गरे भने इम्मोबाइल र कान्दे्रभाले एक एक गोल गरे । 
Spain's forward Alvaro Morata (left) vies with Macedonia's defender Darko Velkovski
 
यही समूहको अर्को खेलमा ईजरायलले अल्बानियालाई ३–० ले हरायो ।
 
समूह डी को खेलमा आयरल्याण्डले अष्ट्रियालाई १–० ले हराउँदा वेल्स र सर्विया तथा जर्जिया र माल्दोभाले १–१ गोलको बराबरी खेलेका छन् ।
 
समूह आई का खेलहरुमा क्रोएसिया, टर्की र युक्रेन विजयी भएका छन् । क्रोएसियाले आईसल्याण्डलाई २–० ले हरायो । यसैगरी टर्कीले कोसोभोलाई २–० ले तथा युक्रेनले फिनल्याण्डलाई १–० ले पराजित गर्‍यो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ