arrow

तरुण दलको महाधिवेशनमा चुनाव नहुने सम्भावना, बन्दसत्र अझै सुरु भएन

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
tarun-dal.jpeg
पोखरा । पोखरामा जारी नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको महाधिवेशनमा चुनाव हुने सम्भावना कम हुँदै गएको छ । आइतबार बिहानबाट बन्द सत्र सुरु हुनुपर्नेमा नेकपा माओवादीले गरेको बन्द आब्हानसंगै काँग्रेसका नेताहरुबीच भागबण्डामा कुरो नमिलेसंगै बन्दसत्र सुरु हुन सकेको छैन । 
 
शनिबार राति बसेको नेताहरुको बैठकले चुनाव नगरी सहमतिमा कार्यसमिति चयन गर्नेमा सहमत जनाएका छन् । 
 
अझै पनि काँग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई दिन सिटबारे सहमति नभइसकेको जनाइएको छ । 
 
सिटौला पक्षले भने चुनाव नै गर्नुपर्ने अडान लिएको छ । 
 
शनिबार भएको उद्घाटनपछि माहोल मिल्दै गएको जनाइए पनि अहिलेसम्म बन्दसत्रसमेत सुरु नहुँदा अन्योल पनि बढेको छ । 
 
तर अहिलेसम्म मतदान गर्ने प्रतिनिधिको लिष्टसमेत निर्वाचन समितिलाई नदिंदा कतै चुनावै नहुने हो कि भन्ने शंका बढेको छ । 
 
निर्वाचन अधिकृत बाबुराजा जोशीले आफूहरु निर्वाचन गराउन तयार रहे पनि भोटर लिष्टसमेत नदिइएकाले काम गर्न अलमल भएको बताए । 
 
महाधिवेशनमा ७३ जिल्लाका प्रतिनिधि सहभागी छन् । 
 
‘बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन’ भन्ने नाराका साथ दश वर्षपछि सुरु भएको महाधिवेशनमा नेतृत्वका लागि कांग्रेस नेताहरुले भागबण्डा गरेर टाँस्ने पहल तीव्र हुँदा कार्यकर्तामा निराशासमेत पैदा भएको छ ।
 
 अध्यक्षमा जीतजंग बस्नेत आउने लगभग पक्का भएको स्रोतको दावी छ । जीतजंगलाई पार्टी केन्द्रीय सदस्य नबनाउन बित्तिकै उनलाई तरुण दलको अक्ष्यक्ष बनाउन सभापति शेरबहादुर देउवा लागेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ