arrow

बलिउडमा भ्रामक विज्ञापन खेल्ने कलाकारलाई अब के हुन्छ ?

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
एजेन्सी ।भ्रामक विज्ञापन खेले बापत कलकार माथि लाग्ने सजायमा केहि कम हुने भएको छ ।  भारतका  मन्त्रिहरुको एक समूहले दोषी पाइएका कलाकारलाई  जेल सजा नदिएर ३ बर्ष प्रतिबन्ध लगाउन सिफारिस गरेको छ ।
 
वित्तमन्त्री अरुण जेटलीको अध्यक्षतामा सो सम्बन्धि नियम बनाउन एउटा मन्त्री समूहको गठन गरिएको हो। ग्राहक सुरक्षा विधेयक-२०१५ मा अतिरिक्त संशोधनका लागि उपभोक्ता मामिलाको मन्त्रालय मन्त्रिमण्डलको अनुमति लिनेछ । 
 
लोकसभामा ३० बर्ष पुरानो ग्राहक सुरक्षा कानूनलाई परिवर्तन गर्न सो  विधेयक पहिले नै बोर्डमा पठाइएको छ । उपभोक्ता मामिला मन्त्री रामविलास पासवानकले उक्त  विधेयकलाई १६ नोभेम्बर बाट सुरु हुने शीतकालीन सत्रमा समर्थन मिल्नेमा आशाबादि रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ