arrow

तरुण दलको महाधिवेशनमा यस्तो भइरहेको छ चलखेल

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
tarun-dal-pokhara-news.jpeg

कास्की । पोखरामा जारी नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको चौथो महाधिवेशनको बन्द सत्र भइरहेको छ । यद्यपि, नेतृतवका लागि निर्वाचन गर्ने वा सर्व सम्मत तीनै समूहलाई समायोजन गर्ने भन्ने छलफल समेत भइरहेको छ ।
महाधिवेशनमा पार्टी नेतृत्वका लागि लडेका शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको समूह भ्रातृ संस्थाका निर्वाचनसम्मै प्रष्ट देखिएका छन् ।

ती तीनै समूहलाई समायोजन गरेर तरुण दलको नेतृत्व सर्वसम्मत गर्ने र पार्टी एकताको सन्देश दिने गृहकार्यमा नेताहरु रहँदा त्यसबीचमा अन्य खेल खण्ड समेत भइरहेका कुरा चुहावट भएका छन् । महाधिवेशनमा सहभागि एक नेताले भने, ‘रामचन्द्र पौडेल शेरबहादुर र आफ्नो संयुक्त प्यानल बनाएर निर्वाचनमा जाउँ भनिरहेका छन् । पौडेल सिटौला समूहको अस्तित्व स्वीकार गर्न तयार छैनन् ।’

यद्यपि, पार्टी सभापति शेरबहादुर देउवालाई नेविसंघ र महिलासंघमा संगै सहकार्यमा रहेको सिटौला समूहलाई नगुमाउन ठूलो चुनौती देखिएको छ । महाधिवेशनमा सहभागिहरुका अनुसार देउवा सिटौला समूहलाई छुटाउन चाहँदैनन् ।  सिटौला समूहको समायोजन महत्वपूर्ण छ र पार्टी एकताको सन्देश दिनका लागि देउवालाई यो उपयुक्त अवसर हुनेछ ।

महाधिवेशनमा सहभागिहरुकै अनुसार देउवाले सिटौला समूहलाई बाहिर राख्दा एकताको सन्देश नजाने भन्दै कसरी समायोजन गर्न सकिन्छ भन्नेमा परामर्श गरिरहेका छन् । यद्यपि, पौडेल समूहले शेरबहादुरसँग मिलेर सिटौला समूहसँग निर्वाचन लड्ने सम्मको दबाब दिइरहेका बताइँदैछ । जसले देउवालाई आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो राख्न एक ढिक्का भएको सन्देश दिनुपर्नेमा चुनौती छ । देउवाले कुनै पनि दुई गुट मिलेर निर्वाचन गर्न सम्भव छैन भनिरहेका छन् ।
 

विधान संशोधन गरेर पद थप्ने र मिलाउने
नेतृत्वका आकांक्षी सबैलाई अटाउन मजुदा विधान संशोधन गर्ने भनिएको छ । संघीय संरचना अनुसारको विधान बनाउँदा एक जना उपाध्यक्ष र महामन्त्री थप्न  खोजेको बताइएको छ ।   

आकांक्षीहरुलाई समायोजन गर्न र एकताको सन्देश दिन विधानमा केही सुधार गर्ने तयारी छ । यस्तै, समायोजन गर्दा सम्मानजनक हैसित हुन्छ कि हुँदैन भन्ने विषयमा समेत चिन्ता प्रकट भइरहेका छन् ।

यसैबीच, चौथो शक्तिका रुपमा देखिएको खुमबहादुर खड्का समूहले अलगै समूह बनाएर निर्वाचन लड्ने तयारी गरिरहेको बुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ