arrow

लिबाङमा कवि क्षेत्रीले सुनाए दर्जन बढी रचना

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
kabikabita.jpeg
रोल्पा ।  कुशल राजनीतिज्ञ एंव प्रगतिशिल कवि पुरण क्षेत्रीले शनिबार रोल्पा सदरमुकाम लिबाङस्थित बाचनालयमा एक दर्जन बढी कविताहरु सुनाएका छन् । ललित साहित्य परिषद्, रोल्पाको द्वैमासिक कार्यक्रम अन्तर्गत रहेको एकल रचना वाचन कार्यक्रमको २७ औं श्रृंखलामा क्षेत्रीले आफ्ना रचनाहरु सुनाएका हुन् । 
 
एकल रचना बाचनका क्रममा क्षेत्रीले ‘कवितामा फुल्ने म भित्रको मान्छे’,  ‘म एउटी आमा’,  ‘देशले हाम्रो उत्साह खोजिरहेछ’,  ‘महोदय ऊ असली माली हो’, ‘हिमशिखरको सिरेटोमा’, ‘युवा तिम्रो खाँचो छ’ जस्ता उत्कृष्ट कविताहरु वाचन गरेका छन् । 
 
कार्यक्रमको समीक्षा गर्दै साहित्यकार महेन्द्र महकले क्षेत्रीका सबै कविताहरु प्रगतिवादी रहेको बताउँदै उत्तिकै उत्कृष्ट पनि रहेको भन्दै प्रशंसा गरे । साहित्यकार क्षेत्रीका हाल सम्म ‘जलजलाको नूतन सन्देश’,  ‘देशले हाम्रो उत्साह खोजिरहेछ’ लगायतका कवितासंग्रहहरु प्रकाशित भइसकेका छन् । 
क्षेत्री ललित साहित्य परिषद् रोल्पाको सल्लाहकार समेत हुन् भने उनले साहित्यिक क्षेत्रमा योगदान पुर्याएको भन्दै विभिन्न साहित्यिक संघ संस्थाबाट पुरस्कृत समेत भइसकेका छन् ।  परिषद्का अध्यक्ष लोक आलोकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव नारायण जिज्ञासुले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ