arrow

ट्विंकलको प्रश्न करणलाई, 'सलमान, शाहरुख र आमिर मध्ये को बढि कुल ?'

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
twiklekaran.jpeg
एजेन्सी । करण जोहरको टक शो 'कफी विद करण' मा अक्षय कुमारकी श्रीमति ट्विंकल खन्नाले करणलाई गफमा हराइन् ।'कफी विद करण' मा करणको प्रश्नमा ट्विंकल निकै आक्रमक देखिइन्।  ट्विंकल र अक्षयले पनि करणसँग प्रश्न गरेर करणलाई चुप लगाए । 
 
ट्विंकलले र्‍यापिड फायर राउन्डमा करण जौहरलाई निशब्द बनाइन्  । उनले करणसँग सोधिन् , 'सलमान खान, शाहरुख खान र आमिर खान मध्ये सबै भन्दा कुल को छ ?' यसपछि ट्विंकलले फेरि सोधिन् , ' तपाई पाकिस्तानी गायक फवाद खानलाई किन ल्याउनुहुदैन ?' ट्विंकलको सो प्रश्न सुनेर करण हल्का मुस्कुराए र उनले भने म क्लीन बोल्ड भए मसँग यी प्रश्नका उत्तर छैनन् । 
 
पाकिस्तानी कलाकार  फवाद खान, करणले रोजेका कलाकारहरु मध्ये एक हुन् । करणले फवादसँग 'कपूर एण्ड सन्स' र 'ए दिल हे मुश्किल' मा काम गरि सकेका छन् । करण, फवाद सँग तेस्रो चलचित्र गर्न गइरहेका थिए , जसमा कट्रीना कैफको अहम भुमिका रहेको थियो । तर भारतको उरीमा भएको  आतककारी  हमला पछि केहि  राजनीतिक पार्टिले पाकिस्तानी कलाकरहरुको बिरोध गरे । सोहि कारण पाक कलाकरहरुलाई बलिउड निर्माताहरुले आफ्नो चलचित्रमा राख्न मानि रहेका छैनन् ।
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ