arrow

अष्ट्रेलियामा चम्किँदै सन्दीप, ए ग्रेडमा ३ विकेट चट्काए

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
Clarke-Sandeep-cricket.jpeg

काठमाडौं । उदयमान नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले ए ग्रेडमा शानदार ३ विकेट लिएका छन् ।

एनएसडब्ल्यू प्रिमियर फर्स्ट ग्रेडमा ब्याङ्कसटाउनको तीन विकेट झारे । प्राटेन पार्कमा भएको ए ग्रेडको खेलमा सन्दीपले १८ ओभर बलिङ गर्दै कुनै मेडन नराखी १०७ रन खर्चेर ३ विकेट लिए ।  

सन्दीपले ३ तथा कप्तान जेडी कुकुले ४ विकेट लिएपनि पहिलो इनिङमा उनले खेल्ने वेस्टर्न सुब्र्बस ब्याङ्कसटाउनसँग पराजित भएको छ ।

सुब्र्बसका लागि एड्रियन इशेर्उडले एक सय २० र निकोलस कटलरले एक सय ११ रन बनाएपनि जिताउन सकेनन् । ब्याङ्कसटाउनका सुरुवाती व्याट्सम्यान चम्किन नसकेपनि मध्यक्रमका व्याट्सम्यानले शानदार प्रदर्शन गरे ।

कप्तान माइकल क्लार्कको एकेडेमीमै रहेर खेलिरहेका सन्दीपले बी ग्रेडमा उत्कृष्ट प्रदर्शन गरे । उनले बी ग्रेडमा एक्लै ६ विकेट लिएपछि ए ग्रेडमा बढुवा भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ