arrow

तरुण दलमा निर्वाचनको दबाब बढ्दै, त्रिपक्षीय भीडन्त हुने

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
tarun-dal-fourth-general-conventation.jpeg
काठमाडौं । नेपाल तरुण दलमा सहमति गर्ने भनिएपनि पछिल्लो समय निर्वाचनकोे लागि दबाब बढ्दै गएको छ । शनिबारदेखि पोखरामा सुरूभएको चौथो महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वलाई सहमतिमा नै टुङ्गोमा पु¥याउने भनेर प्रयास भएको भएपनि झनै भागवण्डा नमिलेपछि महाधिवेशनका केन्द्रीय प्रतिनिधिहरूले निर्वाचनमा नै जान दबाब दिईरहका छन् । 
 
पोखरामा आईतबारदेखि सुरूभएको चुनावी बन्दशत्रमा सहमतिमा नेतृत्व चयन गर्ने कुरा आएपछि कतिपय केन्द्रीय प्रतिनिधिहरूले सहमतिको नाममा आफ्ना मान्छेलाई नेतृत्वमा ल्याउने प्रयास गरिएको भन्दै निर्वाचनबाट नै नेतृत्व चयन गर्नुपर्नेमाग राख्दै आएका छन् । तर, निर्वाचन नै हुने भएपनि देउवा पक्ष र पौडेल पक्ष भने एक भएर चुनाव लड्ने कनस्थितीमा रहेका छन् । सिटौला समूह भने स्वतन्त्र रूपमा प्यानल नै उठाएर उम्मेदवारी दिने तयारीमा रहेको छ । 
 
अहिलेसम्मको स्थितीमा देउवा–पौडेल  गठबन्धनको तर्फबाट जीतजंग बस्नेतालाई अध्यक्षको रूपमा उठाउने तयारी भईरहेको छ । उता, सिटौला पक्षबाट भने अध्यक्षमा उत्तम चापागाईँलाई उठाउने तयारी भईरहेको निकटस्थ स्रोतले जानकारी दिएको छ । उता, भागवण्डा नमिलेपछि खुमबहादुर खड्काले पनि छुट्टै उम्मेदवार उठाउने तयारी गरेको बुझिन आएको छ । खुमबहादुरको तर्फबाट सभापति देउवाको गृहजिल्ला डडेल्धुराका सभापति कर्णमल्ल उठ्ने तयारी भईरहेको छ । तर, उनको उम्मेदवारीको विषयमा सोही पक्षसमेत स्पष्ट छैन । जसले गर्दा तरुणदलमा द्विपक्षीय भीडन्त हुने सम्भावना रहेको देखिन्छ । 
 
उता, पौडेल देउवा समूहमा पद भन्दा बढी आकांक्षी बढी भएपछि भागवण्डामा नपरेकाहरू सिटौला समूहतिर आएका छन् । आईतबार साँझ मात्रै ४० जना भन्दा बढी असन्तुष्टहरू स्पेसकोलागि सिटौला समूहसँग छलफल गर्न आएको र ती मध्ये २० जना जतिलाई सेटल गर्न उक्त समूह सहमत रहेको समेत बुझिएको छ । 
 
उता, सहमतिको नाममा परिवारबाद हावी भएको भन्दै यस्तै पारा हो भने तरुण दल होईन कि परिवार दल नामाकरण गरेपनि हुने भन्दै धेरै प्रतिनिधिहरुले विरोध जनाएका छन् । उनीहरूले महामन्त्री शशांकका भतिज, प्रकाशमान सिंहका छोरा लगायतलाई नेतृत्वमा पु¥याउन भएको खेल विरूद्ध आपत्ति जनाउँदै यस्तो प्रतिक्रिया दिएका हुन् । यस्ताचे प्रक्रिया हुने भन्दै सिटौला समूह पहिलेदेखि नै निर्वाचनबाट नै नेतृत्व चयनको पक्षमा रहेको थियो ।       
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ