arrow

विरह छाडेर विमलराज क्षेत्री फास्ट ट्रयाकमा बनेको ‘लौरी लुकाउनी’ लिएर

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
lauri-lukaunee.jpeg
काठमाडौं । लोक तथा दोहोरीगायक विमलराज क्षेत्रीको पहिचान भनेको विरह नै हो । उनको जीवन विरहयुक्त त छैन तर उनले गीत भने विरहकै गाउने गर्छन् । 
 
विरह विज्ञ विमलराजका झण्डै चार सय गीत छन् होला । तीमध्ये अधिकांश विरहमै केन्द्रीत छन् । 
 
तर जीवनले बाटो भुले जसरी उनले यसपटक भने फास्ट ट्रयाकको गीत ‘लौरी लुकाउनी’ लिएर आएका छन् । 
 
यतिबेता तिनै विरहका गीत गाएर चर्चाको शिखरमा रहेका विमलराजको  ‘लौरी लुकाउनी’ले बजार तताएको छ ।
 
‘मायाको वियोगमा बढी रुचाइएका विमलराजको यो गीतमा लौरी लुकाउनी खेलमार्फत् मायालाई देखाउन खोजिएको छ ।
 
पश्चिमी भेकको ‘लौरी लुकाउनी’ खेललाई माध्यम बनाएर गीतमा विमलले त्यस भेकको लोपोन्मुख यस खेललाईसमेत पुनर्ताजगी गर्ने प्रयास गरेका छन् ।
 
पर्वते विमलराज ‘यो गीतमार्फत् मैले आफ्नो क्षेत्रको लोपोन्मुख खेललाईसमेत सम्झन पुगेकाले मेरो गीतलाई मन पराइदिनु हुन्छ भन्ने विश्वास लिएको छु ’, भन्छन् । 
 
गीत विष्णु घिमिरेले लेखेका हुन् । आफ्नै लयमा क्षेत्रीले गाएको गीत गायनमा क्षेत्रीलाई रीतु थापाले साथ दिएकी छिन् ।
 
प्रशान्ति डिजिटलले बजारमा ल्याएको ‘लौरी लुकाउनी’को भिडियोमा यसराज र करिश्मा ढकालको अभिनय रहेको छ ।
भिडियो हेर्नुस्–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ