arrow

ट्रम्पको उदयमा फिलिपिन्स मख्ख, हतियार अमेरिकाबाटै किन्ने

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
Trunp_Dutarti.jpeg
एजेन्सी। फिलिपिन्सले अमेरिकाबाट २६ हजार राइफल हतियार खरिद गर्ने भएको छ । सोमबार फिलिपिनी प्रहरी प्रमुखले यस अघि राष्ट्रपति डुटर्टीले अमेरिकासँग कुनै पनि सैन्य हतियार खरिद नगर्ने घोषणा गरेपनि फिलिपिन्सले पुन: अमेरिकाबाटै हतियार खरिद गर्न लागेको जनाएका छन् । 
 
तर डुटर्टीले अकस्मात आफ्नो घोषणा फिर्ता लिनुमा अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको उदयलाई लिइएको छ । अमेरिकाको चर्को आलोचना र सैन्य सम्झौंतासम्म खारेज हुने चेतावनी दिँदै आएका डुटर्टीले अमेरिकी नयाँ राष्ट्रपतिमा डोनाल्ट ट्रम्प निर्वाचित भएपछि तत्काल सैन्य हतियार अमेरिकाबाटै खरिद गर्न आफ्नो प्रहरीलाई निर्देशन दिएका छन् ।  
 
पत्रकार सम्मेलनमा बोल्दै फिलिपिनी प्रहरी प्रमुख रोनाल्ड डेला रोजाले आफुलाई राष्ट्रपतिबाट हतियार खरिद सम्झौंतालाई अगाडि बढाउन निर्देशन आएको बताए । डुटर्टी र ट्रम्पको समुधर सम्बन्धले यसमा भूमिका खेलेको हुनसक्ने रोजाले जनाए । उनले राष्ट्रपति डुटर्टी र ट्रम्प असल मित्र रहेको बताए ।  
 
ओबामा सरकारसँग रुष्ट देखिएका डुटर्टीले ट्रम्पसँग भने आफ्नो काम गर्ने  इच्छा रहेको बताउँदै आएका थिए । आफ्नो पछिल्लो चीन भ्रमणमा पनि डुटर्टीले फिलिपिन्स र अमेरिका अलग्गिएको घोषणा गरेका थिए । तर ट्रम्प आएसँगै डुटर्टीले एकाएक आफ्नो अघिल्लो घोषणाहरुलाई फिर्ता गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ