arrow

तत्काल तरुणदलको निर्वाचन प्रक्रिया सुरू नगरे नेताहरुलाई थुन्ने चेतावनी, पोखरामा नाराबाजी

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
Sitaula_Group_Pressmeet.jpeg
काठमाडौं । सहमतिमा नै नयाँ नेतृत्व चयन गर्ने भनेर सुरूगरिएको तरुण दलको चौथो महाधिवेशनमा परिवारवाद हाबी हुँदा विवाद चुँलिँदै गएको छ । सहमतिको नाममा परिवारबाद हाबी गर्न खोजीएको भन्दै एकापक्ष निर्वाचनको माग गर्दै हिँडेको छ भने अर्काेपक्ष आउँदो स्थानीय निकायको निर्वाचनकोलागि पनि सहज हुने भन्दै सहमतीय आधारमा नेतृत्व चयन गर्ने पक्षमा पुगेको छ । 
 
यसै शिलशीलामा पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको पक्षबाट तरुण दलको महामन्त्री उठ्ने तयारी गरिरहेका उत्तम कुमार चापागाईँले केही समय अगाडि पोखरामा पत्रकारसम्मेलन गरेर जुनसुकै हालतमा पनि निर्वाचनमार्फत् नै नेतृत्व चयन गर्न आग्रह गरेको छ । पोखरामा भएको उक्त सम्मेलनमा सहभागी केन्द्रीय प्रतिनिधिहरूले सहमतिको नाममा तरुणदललाई परिवारबादको भूमरीमा पार्ने प्रयास गरिएको भन्दै तत्काल निर्वाचन नगरिए तरुण नेताहरु र निर्वाचनमा भाँजोहाल्ने सबै नेताहरुलाई घेराबन्दी गर्ने चेतावनी पनि दिएका छन् । ‘तत्काल निर्वाच प्रक्रिया सुरू नगरिए हामी नेताहरु सबैलाई एकैठाउँमा थुन्न पनि पछि पर्ने छैनौं’ तरुण नेताहरुले भने ।    
 
यतिबेला काँग्रेसको शीर्ष चार खेमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला तथा खुमबहादुर खड्काबीच सहमतिमै पदाधिकारी भागबण्डा लगाउनेबारे छलफल चलिरहेको छ । पोखराको डयामसाइटस्थित राष्ट्रबैंकको क्वार्टरमा सहमतिका लागि छलफल चलिरहेको हो । तर बन्दशत्रगरिएको क्षेत्र बाहिर भने समयमा नै निर्वाचन प्रक्रिया सुरू नगरिएको भन्दै नाराबाजी चलिरहेको छ । 
 
यसअघि आइतबार साँझको बैठकमा भने सिटौला सहभागी नभएपछि स्थगित भएको थियो । यता, अध्यक्षका दावेदारहरु भने चुनावी प्रचारप्रसारमा रहेका छन् । सिटौला समूहले सुरुवातदेखि नै चुनावमा गएर नयाँ नेतृत्व चयन गर्न माग गर्दै आएको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ