arrow

आईएमई ‘रेमिटेन्स कम्पनी अफ द इयर-२०१६’ बाट सम्मानित

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
imeprize.jpeg
काठमाडौं ।आईएमई लिमिटेड ‘सर्वोत्कृष्ट रेमिटेन्स कम्पनी २०१६’ बाट सम्मानित भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था 'फ्रोस्ट एण्ड सुलिभान'ले आयोजना गरेको कार्यक्रममा आईएमई लिमिटेड उक्त सम्मानबाट सम्मानित भएको हो । कम्पनीका तर्फबाट प्रवन्ध निर्देशक हेमराज ढकालले सो सम्मान ग्रहरण गरेका छन् । कार्यक्रममा कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलको उपस्थिती रहेको कम्पनीले जनाएको छ । 
 
‘विकास, अन्वेषण र नेतृत्व सम्मेलन–२०१६’ को समापनको अवसरमा गएको बुधबार काठमाडौंस्थित सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो । सम्मान ग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रवन्ध निर्देशक ढकालले ‘ यो सम्मानबाट आईएमईलाई रेमिटेन्सको संस्थागत विकासमा अझै बढी जिम्मेवार बनाएको धारणा राखेका थिए ।
 
व्यावसायीक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोस्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायीक फर्मलाई यस्तो सम्मानबाट सम्मानित गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ