arrow

तरुण दल महाधिवेशन : सर्वसम्मतका नाउँमा जबर्जस्ती बिल्ला टाँसिए मान्य हुँदैन

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
gagan-thapa-new-FNL-p.jpg.jpeg

पोखरा । कांग्रेस नेता गगन थापाले तरुण दलको नयाँ नेतृत्व छान्ने क्रममा सर्वसम्मत भन्दै प्रक्रियाविरुद्ध गए स्वीकार्य नहुने बताएका छन् ।

पोखरामै आयोजित तरुणहरुको विरोध सभामा नेता थापाले भने, ‘तरुण दलको नयाँ नेतृत्व विधान अनुसार प्रक्रियामा गएर छान्नु पर्दछ । यदी प्रक्रियाविरुद्ध गई सर्वसम्मतका नाउँमा जबर्जस्ती नेतृत्वको बिल्ला टाँसिए कुनै तरुणलाई मान्य हुने छैन ।’

थापाले निर्वाचन गर्न नदिने षड्यन्त्र भइरहेको भन्दै त्यसो भए कुनै हालतमा स्वीकार्य नहुने चेतावनी समेत दिए । तीन दिनसम्म चल्ने भनेको महाधिवेशन सर्वसम्मतका नाउमा लम्ब्याइएको छ । पारिवारिक साख जोगाउने र गुटगत स्वार्थमा सर्वसम्मतको विषय झिकिएको बताइँदैछ ।

यस्तै, तरुणदल निर्देशक समितिका संयोजक बालकृष्ण खाँणले सबैलाई मिलाउने प्रयास भइरहेको र मंसिर एक गते वुधबारसम्म नयाँ निर्वाचनको परिणाम, नयाँ नेतृत्वको चयन भइसक्ने बताएका छन् ।

सहमतिमा नै नयाँ नेतृत्व चयन गर्ने भनेर सुरूगरिएको तरुण दलको चौथो महाधिवेशनमा परिवारवाद हाबी हुँदा विवाद चुँलिँदै गएको छ । सहमतिको नाममा परिवारबाद हाबी गर्न खोजीएको भन्दै एकापक्ष निर्वाचनको माग गर्दै हिँडेको छ भने अर्काेपक्ष आउँदो स्थानीय निकायको निर्वाचनकोलागि पनि सहज हुने भन्दै सहमतीय आधारमा नेतृत्व चयन गर्ने पक्षमा पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ