arrow

अख्तियारले कामपाका दुई इन्जिनियरलाई डाम्यो

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामहरि फुयाँलले  दुई करोड ७३ लाख ९ हजार ३३२ भ्रष्टाचार गरेको दाबीसहित आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
 
फुयाँलको सम्पत्ति छानबिन गर्दा स्रोत नखुलेको पाइएकाले मुद्दा दायर गर्नुपरेको जनाइएको छ । आयोगले फुयाँल सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७१ साल फागुनसम्मको सम्पत्ति छानबिन गरिएको बताएको छ । 
 
यस्तै महानगरपालिकाका इन्जिनियर गम्भीरलाल श्रेष्ठले रु एक करोड २९ लाख ७४७ भ्रष्टाचार गरेको अभियोगमा आजै मुद्दा दायर गरेको छ । आयोगले आज विज्ञप्ति प्रकाशन गरी सार्वजनिक सेवामा प्रवेश गरेपछि २०७१ माघसम्मको सम्पत्ति छानबिन गर्दा श्रेष्ठले आय गरेको वैध आम्दानीभन्दा अवैध आम्दानी बढी देखिएको पाइएको जनाएको छ । आयोगले सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेपछि उनले आर्जन गरेको रकम अवैध पाएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ