arrow

२००४ साल अर्थात् ६८ वर्षपछि चन्द्रमा १४ प्रतिशत ठूलो, विश्वभर सुपर मुनकै चर्चा

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
super-moon.jpeg
काठमाडौं। कार्तिक शुक्ल पूर्णिमाका दिन सोमबार बेलुकी चन्द्रमा सामान्य अवस्थामा भन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो देखिएको छ।चन्द्रमा निच स्थानमा आएकाले यस्तो योग देखिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापिठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले जानकारी दिए। चन्द्रमा शुभग्रह भएकाले यसबाट केही नकारात्मक असर नपर्ने तर कमजोर मन भएकाले भने एक्लै हेर्न नहुने पनि उनले बताए।
यस दृश्यले मानिसमा खुशी र चमक बढाउने पनि उनले बताए।
 
चन्द्रमा नजीक हुने भएकाले समुद्रमा भने छाल ल्याउन सक्ने आचार्यले बताए।आइतबार बेलुका देखि नजीक आई ठूलो देखिएको चन्द्रमा मंगलबार बेलुकादेखि क्रमशः टाढा हुदै जाने पनि उनले बताए। यसअघि विसं २००४ सालमा मा यस्तो दृष्य देखिएको थियो भने अब १८ वर्षपछि मात्र पृथ्वीबाट यस्तो दृष्य देखिने सहप्राध्यापक आचार्यले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ