arrow

निर्वाचनको माग गर्दै तरुण दलका कार्यकर्ता आमरण अनशन बस्ने

टिके प्रथाको विरोधमा तरुण कार्यकर्ताहरु

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
Sitaula_Group_Pressmeet.jpeg
काठमाडौं। नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका महाधिवेशन प्रतिनिधीहरु विधान अनुसार निर्वाचनको माध्यमबाटै नेतृत्व चयनका लागि पार्टी नेतृत्वलाई दवाव दिन आमरण अनशन बस्ने भएका छन्। महाधिवेशनको उद्घाटन सत्र पछि बन्द सत्र शुरु भएपनि नेतृत्व चयनको प्रक्रिया शुरु नभएपछि आक्रोशित भएका तरुण कार्यकर्ताहरुले मंगलवार आमरण अनशन बस्ने भएका हुन्। 
 
पार्टी नेतृत्व र पार्टी नेतृत्व निकट रहेका तरुण दल महाधिवेशन गराउन गठित निर्देशन समितिका बहुसंख्यक सदस्यहरु निर्वाचन गराउन अनिच्छुक भएपछि निर्वाचन पक्षधरहरु पार्टी नेतृत्वलाई दवाव दिन आमरण अनशन बस्ने भएका हुन्। उनीहरुले महाधिवेशनस्थल पोखरा सभागृहमा आमरण अनशन बस्ने तयारी गरेका छन्। 
 
पार्टी नेतृत्व र निर्देशन समिति विधान र लोकतान्त्रिक पद्धतिलाई किनारा लगाउँदै कुनै पनि हालतमा नयाँ नेतृत्वको नामावली टाँस्ने तयारीमा लागेपछि त्यसप्रति असहमत पक्षहरु नेतृत्वको तयारीको विरुद्धमा आमरण अनशन बस्ने तयारी रहेको तरुण दलका अध्यक्षका उमेद्वार उत्तम कुमार चापागाईले बताए। उनले मंगलवार १ वजेबाट तरुण दलका महाधिवेशन प्रतिनिधीहरु आमरण अनशनमा बस्ने बताए। आफूहरु सहितका बहुसंख्यक महाधिवेशन प्रतिनिधीहरुको भावनालाई कुठाराघात गर्दै नेतृत्वको नामावली टाँस्नका लागि बुनिएको योजना बिरुद्ध स्वाभिमानी महाधिवेशन प्रतिनिधीहरु उभिने बताए। 
 
निर्देशन समितिको वैठक सोमबार रातीसम्म बसेको थियो। वैठकमा सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेताहरुले आफ्ना नेतृत्वका आकाँक्षीहरुको व्यवस्थापनलाई प्राथमिकतामा राखेर विधान संसोधन गर्न खोजेपछि त्यस विषयमा मतैक्यता हुन नसकेको बताइएको छ। देउवा र पौडेलबीच तरुण दलको नेतृत्वमा भागवण्डा मिलाउन विधान संसोधन गर्न खोजेपछि यसमा मतैक्यता हुन नसकेको हो। यसरी गरेको विधान संसोधनपछि पनि निर्वाचन नगरि सहमतिको नाममा नेतृत्वको नामावली टाँस्ने प्रयास भएपछि आफूहरु त्यसको विरुद्ध आमरण अनशनमा उत्रिने तयारीमा रहेको कृष्ण सिटौला पक्षधर तरुण नेताहरुको भनाइ छ। उनीहरुले सोमबार साँझ पनि निर्वाचनको प्रक्रिया शुरु गर्ने माग गर्दै महाधिवेशनस्थलमा नारावाजी गरेका थिए। उनीहरुले टीके प्रथाको अन्त्यको माग गरेका छन्। 
 
 
सिटौला समुह पनि देउवा र पौडेल समुह सहमतिको नाममा जवस्जस्ती नेतृत्वको नामावली टाँस्ने कुराको विरोधमा रहँदै आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ