arrow

‘न्यायाधीशहरुले कुर्सीमा बस्ने र कागज मात्र केलाउने सोच बदल्नुपर्छ’: कार्की

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
sushila-karki.jpg.jpeg

भद्रपुर । प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमा सर्वसाधारण जनताको पहुँच पुर्‍याउन सके दण्डहीनताको अन्त्य हुने बताएकी छन् ।

सर्वोच्च अदालतले झापाको चन्द्रगढीमा गरेको  ‘महिलाको न्यायमा पहुँच र सराकारवाला निकायबीचको समन्वय’विषयको छलफलमा प्रधानन्यायाधीश कार्कीले न्यायालयमा पहुँच नभएका समुदाय र वर्गलाई पहुँच पुर्‍याउन सबैले आ–आफ्नो तहबाट प्रयास गर्नुपर्नेमा जोड दिइन् ।  ‘न्यायाधीशहरुले कुर्सीमा बस्ने र कागज मात्र केलाउने सोचलाई बदल्नुपर्छ,– कार्कीले भनिन् ।

छलफलमा सर्वोच्च अदालतका सहरजिस्ट्रार ममता खनाल, जिल्ला अदालत झापाका न्यायाधीश सुदर्शन पाण्डे र महिला विकास अधिकृत इन्दिरा ओझाले ‘महिलाको न्यायमा पहुँच र यस सम्बन्धी व्यवस्था’का बारेमा आआफ्ना कार्यपत्र प्रस्तुत गरे  ।

कार्यक्रममा झापा, सुनसरी, मोरङ, धनकुटा र इलामका न्यायाधीश, जिल्ला न्यायाधिवक्ता, महिला विकास अधिकृत, कानुन व्यवसायी र महिला अधिकारकर्मी लगायत करिब १०० जना सहभागी छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ