arrow

कपिलको तयारी, दुई अभिनेत्रीसँग रोमान्स

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
kapiltayari.jpeg
एजेन्सी । बलिउड चलचित्र ‘किस किससे प्यार करू’ को सफलता सँगै  भारतमा धैरै रुचाइएका कमेडियन कपिल शर्मा आफ्नो दोस्रो चलचित्रको तयारीमा जुटेका छन् ।  कपिल शर्मा आफ्नो आगामि चलचित्रमा दुईबटा अभिनेत्रीसँग रोमान्स गर्दै गरेको देखिनेछन् । चलचित्रमा कपिलसँग तमन्ना भाटिया र इशिता दत्ता देखिनेछन् ।
 
कपिल शर्माको सो चलचित्रको नाम ‘फिरंग’ हुनेछ । चलचित्र कमेडिमा आधारित हुनेछ । कपिलले चलचित्रका लागि साइन गरेपछि निर्माताले लामो समय पछि तमन्ना भाटिया र इशिता दत्तालाई चलचित्रका लागि चुनेका हुन् ।
 
चलचित्रको सुटिङ्ग नोबेम्बर २५ बाट सुरु हुदैछ । कमेडियनबाट अभिनेता बनेका  कपिल शर्माको मुख्य भुमिका रहेको सो चलचित्र दोस्रो हुनेछ । तमन्ना भाटिया साउथ चलचित्र लगायत बलिउडमा पनि चर्चित नाम हो । त्यस्तै इशिता दत्ता चर्चित चलचित्र ‘दृश्यम’ मा अभिनय गरेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ