arrow

एएफसी सोलिडारिटी कप जितेका खेलाडीलाई जनही ३/३ लाख दिने सरकारको घोषणा

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
AFC.jpeg
काठमाडौं । सरकारले एएफसी सोलिडारिटी कप २०१६ को मंगलबार भएको फाईनल खेलमा जीत हाँसिल गर्नै खेलाडिलाई जनही ३/३ लाख रूपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाको नेतृत्वमा बनेको सरकारका खेलकुदमन्त्री दलजीत श्रीपाईलीले खेलाडीहरुको सम्मान स्वरूप सो ३/३ लाख रूपैयाँ दिने घोषणा गरेका हुन् । 
 
हाम्रा कुरा डटकमसँग कुरा गर्दै श्रीपाईलीले भने ‘यो खेलाडीहरुको सम्मानको लागि दिन गरिएको प्रारम्भिक घोषणा हो ।’ यसरी दिने रकम मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्नेछ । 
 
उता, गत माघ र फाल्गुनमा भएको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा स्वर्ण पदक जित्दा पनि सरकारले यसैगरी घोषणा त गरेको थियो । तर उक्त समयमा सरकारले जनही ५ लाखको दरमा पुरस्कार दिने घोषणा गरेको भएपनि जनही ३ लाख रूपैयाँ मात्रै प्राप्त गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ