काठमाडौं । सामान्यतया हाँस्य कलाकार चलचित्रका पर्दामा देखिन्छन् अनि बिलाउँछन् ।
दक्षिण भारतीय चलचित्रका हाँस्य कलाकार ब्रम्हानन्दम त्यस्ता कलाकार हुन् जो चलचित्र भरि छाइरहन्छन् ।
विश्वकै सबैभन्दा बढी चलचित्र खेल्ने कलाकारको कीर्तिमान रचेका ब्रहानन्दमले सानो भूमिकाबाट चलचित्र थाले पनि उनी अहिले सबैभन्दा व्यस्त कलाकार बनेका छन् ।
आन्ध्रप्रदेशको साटेनापल्ली जिल्लाको मपल्ला गाउँका ब्रम्हानन्दमले अहिले एउटा चलचित्रबाट एक करोड रुपैयाँ पारिश्रमिक लिन थालेका छन् ।
गरिब परिवारका ब्रम्हानन्दमले एमएसम्म पढेका छन् ।
सन् १९५६ फेबु्रअरी १ तारिखमा जन्मिएका ब्रम्हानन्दमले अतिल्ली कलेजमा तेलुगु विषयको लेक्टरर भएर पढाए ।
त्यसबेला उनले केटीहरुको नक्कलसमेत गर्दथे ।
एकपटक उनले इन्टर कलेज ड्रामा प्रतियोगितामा उत्कृष्ट सहायकको पुरस्कार जिते ।
त्यसपछि ड्रामामा झुकाव बनाएका उनले तुलुगु चलचित्र निर्देशक जन्धयालाले ‘मोददाबाई’ मा सानो भूमिकामा खेलाए । त्यसपछि उनले पछाडि फर्कनै परेको छैन ।
एक हजार बढी चलचित्र खेलिरहेका ब्रम्हानन्दमले सन् २०१५ को जुलाइदेखि आफ्नो पारिश्रमिक बढाएर एक करोड भारतीय रुपैयाँ बनाएका छन् ।
जस्तासुकै कलाकार वा व्यक्तिको व्यक्तित्वमा घुस्न सक्ने ब्रम्हानन्दमको ‘सेन्स अफ ह्युमर’ नै निकै अब्बल दर्जाको भएको मानिन्छ ।