arrow

मृगौला फेल भएपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराज अस्पताल भर्ना

logo
प्रकाशित २०७३ मंसिर १ बुधबार
sworaj-news.jpeg

एजेन्सी । मृगौलामा समस्या देखिएपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराज उपचारका लागि अस्पताल भर्ना भएकी छिन् । अहिले स्वराजको अल इण्डिया इन्टिच्युट अफ मेडिकल साइन्समा डायलासिस भइरहेको छ ।

वुधबार अस्पताल भर्ना भएकी स्वराजको उपचारसँगै सम्भावित मृगौला प्रत्यारोपणबारे जाँच भइरहेको छ । स्वराजले आफ्नो आधिकारिक ट्वीटर एकाउन्टमार्फत आफ्नो मृगौला प्रत्यारोणको जाँच भइरहेको जानकारी गराएकी छिन् ।

यो खबर बाहिर आएसँगै अब मन्त्री स्वराज कति समय पदमा रहने भन्ने प्रश्न उठेको छ  । भारतीय विदेश मन्त्रालय निकै शक्तिशाली मानिन्छ । सन् २०१४ मा भारतीय जनता पार्टी सरकारमा आएसँगै प्रधानमन्त्री मोदीले स्वराजलाई विदेशमन्त्रीमा नियुक्ति गरेका हुन् ।

६२ वर्षीया स्वराज प्रधानमन्त्री नरेन्द्र मोदीका मन्त्रीहरु मध्य अनुभवी मानिन्छिन् । उनले भारतसँगको अन्तर्राष्ट्रिय र विशेषतः अमेरिकासँगको सम्बन्ध प्रगाढ बनाउन विशेष भूमिका खेलेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ