arrow

दिलदार दिलजान मन्सूर

logo
सहदेव चौधरी,
प्रकाशित २०७३ मंसिर १ बुधबार
mr-chaudhary.jpeg
काठमाडौं ।सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई मन्त्रीपरिषदको बैठकबाट निर्णय गराएर ५० लाख रुपैया उपचार खर्च दिने भएपछि सामाजिक सञ्‍जालदेखि संसद्‌मा समेत चर्को प्रतिक्रिया उत्पन्न भएको छ । सुजातालाई उपचार खर्च दिने सरकारी निर्णयमा आम मानिसहरुको  चासोको विषय समेत बनिरहेको छ। उनीहरु आपसमा भेट्दा वा सामाजिक सञ्जालमा साथी भाइ र आफन्तसँगको कुराकानीमा पनि यही विषयलाई प्राथमिकतामा राख्‍ने गरेका छन्। 
 
तर एक जना समाजसेवी युवा चिकित्सक डा दिलजान मन्सूरले विनाशकारी भूकम्पले १४ जिल्लालाई जरजर अवस्थामा पुर्‍याउदा पहिलो पटक प्राथमिक उपचार र राहत लिएर गोर्खा र जाजरकोटका लागि  खानेपानी फिल्टर किन्‍न  ६० लाखमा आफ्नै घरै बेचेर सेवा गरे। मन्सूरले राहत र उपचारका लागि दिलैदेखि सहयोग गरिरहेका छन्। उनको काम गर्ने शैलीलाई जो कोहीले पनि तारिफ गरिरहेका छन्। एउटा कर्मठ, इमान्दार र समाजप्रति वफादारी निभाउने, दिलैदेखि विभिन्‍न मिसन बोकेर काम गरिरहेका छन् डा दिलजान मन्सूर।
 
उनले विनाशकारी भूकम्पले प्रभावित १४ जिल्लामा  राहत र उपचार  भूकम्पको केन्द्रबिन्दु गोरखामा पहिलो पटक बिइङ होमो सेपिइन्स नामक सहयोगी संस्था बनाएर डाक्टर नर्सको टोलीमार्फत राहत सामग्री र प्राथमिक उपचार पुर्‍याए। सुरुमा उनको टोलीले त्यहाँ घाइतेहरुको उपचार र राहत उपलब्ध गरायो भने लगत्तै निशुल्क प्राथमिक स्वास्थ्य उपचार गरेर भूकम्पपीडितको खुशी केही हदसम्म फर्काउन सफल भए।   उनी सहितको टोलीले गोरखाको आरुचनौटेको १, २,३,४ र ५ वडामा डाक्टर र नर्सको टीम लिएर त्यहाको पीडित जनताको प्राथमिक उपचार गर्नुका साथै दाल चामल समेत बाडे।
 
त्यसपछि काभ्रेको माझी गाउँ र दलितबस्तीको चण्डनीमण्डनी गाविसको २ र ३ वडामा भूकम्पले तहसनहस बनाएको थियो त्यहाँ उनको टोलीले निशुल्क प्राथमिक उपचार तथा राहत वितरण गर्‍यो। लगत्तै भूकम्पप्रभावित जिल्ला सिन्धुपाल्चोकमा समेत  यही प्रकारको अभियान लिएर पहिलो पटक पुग्यो र निस्वार्थ र निशुल्कको अभियानलाई निरन्तरता दिइरह्यो। 
 
साथै उनको मिसन झाडापखाला लागेर अकालमा ज्यान गुमाउनु परेका जाजरकोटका मानिसहरुको दुखमा पर्‍यो। किनकी उनी यसअघि  चिकित्सा क्षेत्रको सुधारको माग राखेर अनसनरत गोविन्द केसीको साथ लागेर पहिलोपटक जाजरकोट पुगेका थिए। उनी त्यहाँ पुग्दा जाजरकोटको अवस्था देखेर अचम्ममा परेका थिए। जाजरकोटवासीले भोग्नु परेको सास्ती र खानेपानीमा फैलिएको संक्रमण। उनले त्यहाँको पानी काठमाडौं ल्याए। ल्याबमा टेस्टपछि जब पानीमा संक्रमण भेटियो र त्यहाँको जनजीवनको पीडा सम्झिए। उनले एउटा योजना बनाए मिसन जाजरकोट।
 
मिसन जाजरकोट अन्तर्गत उनले जाजरकोटमा मानिसको मृत्युको कारण झाडापखाला र हैजालाई निर्मूल पार्ने र दूषित पानीलाई सफा बनाउने उपाय सोच्‍न थाले। जाजरकोटमा पानी शुद्धिकरण गर्न फिल्टर किन्नु पर्ने अवस्था आयो । उनले यसका लागि पहिला कुनै सामाजिक संस्थाले सहयोग गर्छ की भनेर संस्था खोज्न थाले। तर त्यतिबेला नेपालमा सामाजिक सेवाको लागि भनेर खोलिएको अनेकन सामाजिक संस्का कसैले पनि न त उनको कुरा पत्यायो न त सहयोगको लागि साथ नै दियो। यी सबै गुहारले काम नगरेपछि उनले सामाजिक संस्था आफैले खोले र नाम जुराए  बिइङ होमो सेपियन्सु। सोही संस्थामार्पत उनले मिसन जाजरकोटको लागि सहयोगको अपिल गरे। च्यारिटी शो पनि गरे। तर कसैले पत्याएन अर्थात सहयोग रकम नै जुट्न धौ धौ भयो।  
 
करिब एक लाख खर्च गरेर आयोजना गरेको च्यारिटी शो मा जम्म १२ सय रुपैया उठ्यो, मिसन जाजरकोटको लागि। उनले आफ्नो विगत कोट्याउँदै सुनाए। 'मैले मिसन जाजरकोटको लागि  काठमाडौंका गल्ली गल्लीमा नाचे, टिसर्ट बेच्नेदेखि अन्य कला पनि देखाए। च्यारिटी शो पनि गरे तर कसैले पत्याएन।'अन्तिममा उनले आफ्नो अभियान सफल पार्न तराईको वीरगन्जमा रहेको आफ्नो पुर्ख्यौली घर बेचिदिए। उनले बेचेको घर उनको घरपरिवारलाई स्विकार्य थिएन। तर पनि उनले ६० लाखमा आफ्नो घर बेचे र मिसन जाजरकोटको लागि आफ्नो अभियानमा जुटे। 
 
घर बेचेर आएको आधा रकम भूकम्पपीडितको लागि खर्च र बाँकी पैसाले जाजरकोटको लागि ५० वर्ष टिक्‍ने पानी छान्‍ने फिल्टर, साबुन, बोत्तल, पियूस लगायतका सामग्री किने। यसपछि उनी होमो सेपियन्स टिम लिएर लागे जाजरकोटको खगेकोट तर्फ लागे। तीन दिनको पैदल यात्रापछि उनले त्यहाँका ३० गाविसका ३६ विद्यालयलाई पानी शुद्ध बनाउने पानी छान्न‍े फिल्टर हस्तान्तरण गरे। 
 
दिलैदेखि सहयोगी दिलजानले आफ्नो विगत सुनाउछन्, 'मैले करीब ५० वर्षसम्म टिक्‍ने पानी छान्ने फिल्टर त्यहाँका ३० गाविसका ३६ विद्यालयलाई हस्तान्तरण गर्यौ। यी सबै काम मैले एउटा नेपाली भएको नाताले कर्तव्य सम्झिएर गरे। यसमा कुनै स्वार्थ लुकेको छैन। म जहाँ जहाँ अभाव हुन्छ त्यहाँ मेरो सक्दो सहयोग जुटाउने प्रयासमा जुट्छु। एउटा नेपाली हुनुको नाताले।'त्यसपछि सुनसरीको बोकराह गाविसमा आगलागि पीडितको दैलोमा गएर राहत सामग्री स्वरुप दाल चामल र लत्ताकपडा समेत बाडे। त्यसलगत्तै आगलागीमा परि घाइते भएकाहरुलाई निशुल्क उपचार पनि गरिदिए। 
 
त्यतिबेला तराईमा नयाँ संविधान, नाकाबन्दी र सीमा विवादको विषयलाई लिएर चर्को आन्दोलन चलिरहेको थियो। सप्तरीको सीमावर्ती क्षेत्र तिलाठीमा भारतीय पक्षको झडपमा घाइते भएका स्थानी नेपालीहरुलाई उनले दुई दिन बसेर निशुल्क उपचार गरे। चिकित्सक संयम ढकाल र दिलजान मन्सूर नेतृत्वको टोलीले सप्तरीको ९ वटा गाविसमा शिविर सञ्चालन गरे मलहनिया रामपुरदेखि तिलाठीसम्मका सर्वधारणको स्वास्थ्य जाँच गर्नुका साथै विरामीलाई चाहिने औषधि समेत प्रदान गर्‍यो।
अहिले उनी राजधानीको बत्तीमुनिको अँध्यारो गाउँ काभ्रेको माझी बस्तीमा स्वास्थ्य र शिक्षा, सबै आवश्यकता भन्‍ने अभियानमा  जुटिरहेका छन्। यो अभियानको लागि उनले लण्डनमा केही रकम संकलन गरेका छन् भने तिहारमा देउसीभैलो कार्यक्रममार्फत केही रकम संकलन गरेका छन्। तर देउसीभैलो कार्यक्रम प्रभावकारी नभएको उनले बताए। उनले भने, 'काभ्रेको माझी बस्तीमा भूकम्पले स्कुल भत्किएको छ। स्कुल पुननिर्माणको लागि माझी गाउँमा  मिसन काभ्रेमा लागि परेको छु। तर काम अझै सफल भइरहेको छैन।तर मेरो आट र साहास सधै सफल बनाउनेमा हुन्छ। माझी गाउँको बालबालिकाको स्कूल पुननिर्माण गरिदिने मैले अठोट लिएको छु।'  दिलैदेखि समाज सेवामा समर्पित दिलजानलाई अग्रिम शुभकामना छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ