arrow

शिक्षा नियमावलीबारे समितिको राय माग

logo
प्रकाशित २०७३ मंसिर २ बिहिबार
Education-ministry.jpg.jpeg
काठमाडौँ। शिक्षा मन्त्रालयले शिक्षा ऐन (आठौँ संशोधन) बमोजिम जारी गर्न लागेको नयाँ शिक्षा नियमावलीबारे व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको राय मागेको छ । 
 
ऐनको प्रभावकारी कार्यान्वयका लागि नियमावलीको प्रतीक्षा भइरहेका बेला कानुन निर्माण पक्षको पनि त्यसमा सुझाव र मार्गदर्शन लिन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले आफूहरुले मस्यौदा दिएकाले सो समितिको शिक्षा उपसमितिमा रहेका सांसद्हरुले नियमावलीबारे केही दिनमा लिखित सुझाव र निर्देशन दिने बताए  । 
 
ती सुझावका आधारमा कानुन र अर्थ मन्त्रालय हुँदै नियमावली पेस हुनेछ । शिक्षामन्त्री धनीराम पौडेलले गत कात्तिक २५ भित्र नियमावली ल्याउने घोषणा गरेपनि विभिन्न चाडपर्व र मस्यौदामाथिको सरोकारवालाको राय लिने क्रमका कारण विलम्ब भएको छ । गत असार १५ देखि सो ऐन कार्यान्वयन भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ