arrow

‘व्यवहार चलाउन मुस्कील भएर विदेशीएको, मेरो जिन्दगी यहि सकिने भयो’

logo
जीवन शर्मा,
प्रकाशित २०७३ मंसिर २ बिहिबार
bhojendra-kc.jpeg
ओखलढुंगा। “आर्थिक अवस्था अत्यान्त दयानीय छ ।’ घर व्यवहार चलाउनै मुस्कील परेर विदेशिएको मेरो जिन्दगी अव यही सकिने भयो ।” मलेसियामा काम गर्ने क्रममा मेसिनले काटेर दायाँ हातका तिन वटा औला गुमाएका माम्खा ३ ओखलढुंगाका भोजेन्द्र केसीको निराशमय उदुगार हो यो । विगत एक बर्ष अघि धन कमाउन मलेसिया गएका केसीको काम गर्ने क्रममा मेसिनले दाया हातका तीनै वटा औला गुमाएपछि अहिले उनि उपचारको लागि खर्चको अभावमा भौतारिरहेका छन् ।
 
उनको उपचारका लागि सहयोग गर्न ओखल्ढुङ्गा एकता सेवा समाज मलेसियाले अनुरोध गरेको छ । भोजेन्द्रको उपचारका लागि सहयोगि हातहरुसंग उपचार खर्च सहयोग गर्न अनुरोध. साथै उपचार पछि केसी लाई सुरक्षित अवतरणका विषयमा सम्बन्धित निकायको ध्यान  दिनुपर्ने ओखल्ढुङ्गा एकता सेवा समाज मलेसियाका सचिव ओम प्रसाद खतिवडाले बताए । मलेसियाको सेलाङ्गर राज्यको सुवाङ मासिङस्थित कम्पनिमा काम गर्ने सिलसिलामा दायाँ  हातका ३ ओटा औला गुमाउन पुगेका केसीलाई नेपाल फार्काउन नेपाल सरकार, संबद्ध परराष्ट मन्त्रालय ,वैदेशिक रोजगार बिभाग, श्रम मन्त्रालय तथा मलेसियन राजदुतावासले समेत सहयोग गर्नु पर्ने अवस्था छ । 
 
“काम गर्ने हातका तिन वटा औला गुमाइयो, केसीले टेलिफोन मार्फत भने,‘ बाँकी रहेको अर्को औला पनि काट्नु पर्ने डक्टरले सल्लाहा दिएपछि झनै समस्या थपियो ।” घरको आर्थिक अवस्था समेत अत्यान्त कमजोर भएर विदेशिएका केसीले अहिले सम्म गएको ऋण समेत तिरिसकेका छैनन् ।  केसी २४ अगस्ट २०१५ मा १ लाख २० हजार तिरेर मलेसियाको सेलाङ्गर राज्य स्थित सुवाङ मासिङ भन्ने ठाउमा गएर काम गरिरहेका थिए । “बिदेश आएको १ वर्ष भन्दा बढी भएतापनी अहिले सम्म बिदेश आउदा लागेको  ऋण समेत तिरिसकेको छैन, केसीले भक्कानीदै भने,‘ मेरा दुइ छोरा छोरीको पालन पोषण र पढाइ खर्च जुटाउनका लागि विदेशिएको तर मेरो जिन्दगी यहि सकिने भयो ।”  गत महिना औला गुमाएका केसी द्खाइ सहेर पनि उपचार खर्च जुटाउन कम्पनिमा अन्यान्त कष्ठपूर्ण तरिकाले काम गर्न बाध्य भएका छन् । उपचारका लागि १० हजार रिङगेट सम्म लाग्न सक्ने अस्पतालले जनाएपछि साथमा कत्तिपनि पैसा नभएर अप्ठ्यरोमा परेको  केसीले दुखेसो पोखे । 
 
उनको उपचारका लागि अहिले त्याहाका नेपालीहरु पदम बहादुर थापा, डिक बहादुर परियार, अनिस भुजेल, बुद्द राज कट्वाल, सन्तोष कट्वाल, पेम्बा शेर्पा, तेन्जिङ शेर्पा, टसि लामा, पदम लामिछाने, चक्र विष्ट, रामचन्द्र लोहर, भैरव राई, कुमार चौधरी, याक बहादुर खड्का, राज किशोर मुखिया लगाएतले आर्थिक भौतिक सहयोग गर्दै आएका छन् ।   श्रमिकको हक हितका लागि न्यायिक उपचारमा खटिने नेपाल सरकार संबद्ध ,परराष्ट मन्त्रालय ,वैदेशिक रोजगार बिभाग, श्रम मन्त्रालय तथा मलेसियन राजदुतावास संग केसीलाई राहत पुर्याउन  ओखल्ढुङ्गा एकता सेवा समाज मलेसियाले अपिल समेत गरेको समाजका सचिव खतिवडाले मलेसियाबाट जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ