arrow

संविधान संशोधन आवश्यक छैन : पाण्डे

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ मंसिर २ बिहिबार
surendra-panday.jpeg
स्याङ्जा । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नेपालको संविधान अधिकार सम्पन्न भएकाले संशोधन आवश्यक नभएको बताएका छन् । उनले सरकार अनावश्यक रुपमा संविधानको संशोधन गर्ने नाममा कार्यान्वयनको समय गुजारेको बताए ।
 
“अधिकार सम्पन्न संविधानलाई संशोधन गर्ने नाममा सरकारले मधेशबादी दललाई भुलाएको छ ।” अनेरास्ववियू स्याङ्जाद्धारा प्रकाशित विद्यार्थी आवाज पुस्तकको बालमन्दिर परिसरमा बिमोचनमा बोल्दै पाण्डेले भने, “संविधानको कुन धारा संशोधन आवश्यक छ त्यसका बारेमा अनविज्ञ सरकार संशोधनको नाममा समय खेरा फाल्दै छ ।”
 
“संविधान निर्माणपछि पनि रहेको संक्रमणकालिन अवस्थामा प्रमुख दलको एकताले मात्रै निकास निस्केछ ।” पूवृ अर्थमन्त्री समेत रहेका पाण्डेले भने, “बिपक्षको धैर्यतालाई कमजोर ठानेर सत्ता पक्ष गैरजिम्मेवार बन्दै अगाडी बढेमा त्यसले निकास निस्कदैन् ।” निकास खोज्न र समस्या हटाउनका लागि सरकार लचक हुनुपर्ने उनले आवश्यकता औलाए ।  
 
“नेपालको भौगोलिक बनावटले भारतले राजनीतिक रुपमा प्रभाबित बनाउदै आएको छ ।” नेता पाण्डेले भने, “भारतको राजनीति प्रभाबलाई कम गर्नका लागि उत्तरी छिमेक चीनस“ग सम्बन्ध स्थापित गर्नु आवश्यक छ ।” चीनस“गको यातायात सञ्जाल जोड्न सके नेपाल छोटो समयमै सम्बृद्ध बन्ने उनको भनाई थियो । 
 
नागरिकले प्राप्त गर्ने सुविधा बिकेन्द्रिकरण गर्ने उद्देश्यले बनाउन लागि संघियताको यो मोडलले देश टुक्रनेमा पाण्डेले चिन्ता व्यक्त गरे । “संधियताले त देश जोडनु पर्छ, यो मोडलले देश टुक्रन्छ ।” नेता पाण्डेले भने, तराई, पहाड र हिमाल जोडिएको र सबै क्षेत्रको सहभागितामा देशका विभिन्न ठाउ“मा ठूला शहर बनाए मात्रै देश जोडिन्छ ।”
 
नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य सिता सुन्दासले संविधानको पूर्ण कार्यान्वयन नगर्दासम्म संशोधन गर्न भनेर समय फेरा फाल्नु नेपालको राजनीति पछाडी धकेल्नु हो । कार्यान्वयनमै नआएको संविधान संशोधन गर्नुको कुनै अर्थ नहुने उनले बताईन् ।
 
त्यस अवसरमा नेकपा एमालेका सांसद टेकु नेपालीले पछाडी परेको वर्गलाई माथि उठाउने माध्याम संविधानको सहि कार्यान्वयन भएकाले अन्य विषयमा समय बिताउनु उचित नहुने बताईन् । संविधानको कार्यान्वयनपछि मात्रै देश सहि बाटोमा आउने उनले विश्वास व्यक्त गरिन् ।
 
पुस्तक बिमोचनमा अनेरास्वियूका पूर्व अध्यक्ष शोभियत ढकाल, सचिव सुधन पराजुली, नेकपा एमाले स्याङ्जाका सचिव सुधिर कुमार पौडेल, नेता नारायण मरासिनीले एकताबाट सम्बृद्धि प्राप्त हुने भएकाले सबै राजनीतिक दलबीच दलगत स्वार्थ भन्दा माथिको एकता आवश्यक भएको बताए ।
 
अनेरास्ववियू स्याङ्जाका अध्यक्ष विश्वनाथ अर्यालको अध्यक्षतामा सम्पन्न पुस्तक बिमोचन कार्यक्रमको संचालन सचिव रामप्रसाद सापकोटाले गरेका थिए । देशभर संगठित अनेरास्ववियूको जिल्ला कमिटी स्याङ्जा सर्बोउत्कृष्ट जिल्ला हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ