arrow

थ्री इडियट्समा आमिरको भुमिका : सोनम वांगचुकले पाए ग्लोबल इम्पेक्ट अवार्ड

logo
प्रकाशित २०७३ मंसिर २ बिहिबार
aamir-khan.jpeg
एजेन्सी । थ्री  इडियट्समा आमिरको वांगचुक भुमिकालाई दर्शकले निकै रुचाएका थिए । चलचित्र रिलिज भएको सात बर्ष बितेको छ ।  चलचित्रमा आमिरको  फुंसुक वांगडूको भुमिका वास्तविक जिवनमा सोनम वांगचुकसँग प्रेरित थियो । तिनै सोनम वांगचुक ग्लोबल अवार्डबाट सम्मानीत भएका छन् ।
 
चलचित्रमा फुन्सुक वांगडू एक इन्जिनियर हुन् जो विज्ञानमा नयाँ प्रयोग गर्न रुचाउछ । सो भुमिकामा अभिनय गर्न आमिरलाई सोनम  वांगचुकबाट प्रेरणा मिलेको थियो । यीनै  सोनम वांगचुकलाई आमिरले विश्व भरि चनाए । सोनम वांगचुक एक इन्जीनियर हुन् र लद्दाखमा बिगत २० बर्ष देखि कार्यरत छन् । उनि स्टूडेन्ट एजुकेशनल एण्ड कल्चरल मूवमेन्ट अफ लद्दाखबाट सामाजिक कार्यमा सक्रिय छन् । सोनम असल परिवर्तनको लागि स्कूलको पाठ्यक्रममा परिवर्तन हुन आवश्यक ठान्दछन् ।
 यस लगायत सोनम  सिस्टमबाट हटाइएका बिद्यार्थिलाई मुख्य प्राथमिकता दिएर काम गर्छन् । उनले अहिले सम्म करिब १ हजार बिद्यार्थिलाई एकै ठाँउमा   ल्याएर नयाँ नयाँ प्रयोग गरेका छन् । सोनम तिनहरुलाई सक्षम बनाएर स्वयं काम गर्न प्रेरित गर्छन् ।
 
सोनम वांगचुकलाई प्रसिद्ध रोलेक्स अवर्ड फर इन्टरप्राइज़ २०१६ दिएको छ । सो अवार्ड उनलाई  नोवम्बर १५ लास एन्जिल्समा दिइएको हो । उक्त  पुरस्कार आफ्नो  सोच र  क्षमताले संसार परिवर्तन गर्न सक्ने मानिसलाई मात्र दिइने गरिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ