arrow

गगनजी याद रहोस मैदानबाट भाग्नेहरु बहादुर होइनन् कायर हुन

logo
दिनेश शिवाकोटी,
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
dinesh-siwakoti-driller.jpeg
प्रजातान्त्रिक आन्दोलनको सशक्त, जिम्मेवार, बौदिक र क्षमतावान नेतामा गनिने गगन थापासँग स्वास्थ्य उपचारका लागि एक नेतालाई सरकारले दिने भनिएको पचास लाखको बिषय जोडेर निकै टिप्पणी भएका छन्। थापाको राजनीतिक जीवनसँग जोडेर पनि चर्चा गरिएको छ। तर नेपाली राजनीतिमा उनको अवस्थाको बारेमा हरकोहि जानकार हुँदा हुँदै यो बिषयलाई अतिरञ्जना गर्ने प्रयास यो उनीमाथिको अन्याय मात्र हुनेछैन इतिहासप्रति पनि बेइमानी हो। 
 
मन्त्रीपरिषदले सुजाता कोइरालाको उपचारर्थ ५० लाख दिने निर्णय गर्‍यो । लगत्तै स्वास्थ्य मन्त्री गगनले आफु नभएको मौका छोपी आफ्नो प्रस्तावलाई छायाँमा पार्ने गरी निर्णय गरिएको कुरा बाहिर आयो। यतिबेलासम्म उनको राजनीमा माग्न थालिएको थियो । गरीब, अविकसित र पछौटे समाजमा पद लिनु र कहिलेकाहि त्यसबाट बाहिरिनुलाई पनि ठूलो रुपमा अर्थ्याइन्छ। अहिले राजीनामाको कुरा उठाएर केही व्यक्तिहरु गगनजीलाई पनि रक्षात्मक बनाउन खोजिरहेका छन्। यस्तो बेलामा राजीनामा दिएर हिड्दा उनको केहि समय चर्चा त होला तर यसले उनको राजनीतिक यात्रा र उद्धेश्य माथि ठुलो असर पर्नेछ। केही गर्न चाहने नेताहरुका लागि हात र खुट्टा बाधेर दौडन लगाइन्छ अनी कसरी उसले जित हासिल गर्छ ? प्रश्न यहाँनेर जल्दोबल्दो बनेर खडा भएको छ । नेतृत्वलाई नियोजित रुपमा निकम्मा गराइने खेलबाट गगनजीहरु बच्नुपर्छ। आवेगमा प्रतिक्रिया दिने भावावेशमा निर्णय गर्ने कुराले राजनीति धेरै परिपक्व देखिदैन। त्यसैले गगनजी राजिनामाका पछाडि लाग्ने कुराको कुनै औचित्य छैन। एक थरीका मान्छेले राजिनामा दिनु पर्छ, यो नैतिकताको कुरा हो भनेर व्याख्या बिस्लेषण गरे पनि उनको राजीनामा दिएर आए भने पनि फेरि यहि समाज उनलाई कायरतापूर्वक पीठ फर्काएर भाग्यो भन्ने आरोपको बर्षा गर्न थाल्छ। उनको राजीनामाले बिकृत राजनीतिक परीपाटी र अभ्यासलाई शुसंगत र ब्यबस्थित बनाउँदैन। 
 
रातारात देश समृद्ध हुने पनि होइन। सामाजिक एबम राजनैतीक रुपमा रहेका संकुचित घेराहरु तोडन सजिलो पनि छैन। दुई पाइला अगाडि बढेर एक पाइला पछाडि हट्नु पर्ने परिस्थितीलाई गगनजीले बुझ्नुपर्छ र बुझ्नुहुनेछ। राजनीतिमा शक्ती सत्ता र पैसाको ठुलो हतकण्डा हुन्छ जहाँ तपाईं जस्ता युवाहरुले वाध्यात्मक रुपमा आत्मसमर्पण गर्नुपर्ने परिस्थिती खडा गरिन्छ। यो वाध्यात्मक परिस्थितीलाई चिर्दै अगाडी बढ्नु सफलता हो। किनकी पहिलो संबिधान सभामा सान्दार जित हासिल गरेको माओवादी सरकार पनि सेनापती प्रकरणमा घुडा टेक्यो। त्यती बेला प्रधानमन्त्री प्रचण्डको अप्रत्यासित राजीनामाले धुरीबाट बलेशी पुगेको माओवादी ईतिहासलाई तपाईंले अध्ययन गर्नुपर्छ । सही समयमा सही निर्णय लिन सके राजनैतीक जित हासिल हुन्छ। त्यसैले तपाईं आतिनु पनि जरुरी छैन र मातिनु पनि जरुरी छैन ।  
 
कांग्रेसको राजनीतिमा र पार्टी आन्दोलनमा तपाईंले गर्नै पर्ने धेरै कुराहरु छन्। आन्तरिक लोकतन्त्रको कुरा, पार्टी भित्र मौलाएको गुटगत प्रवृती, बिचार बिकासको सन्दर्भ एबम राष्ट्रिय राजनीतिमा उदाउदै गरेको जातियता र क्षत्रीयतालाई गम्भिर ढंगबाट सामना गर्नु पर्ने जरुरी छ। के यि कुराहरु तपाइ जस्ता आसलाग्दा नेताहरुको राजीनामाले समाधान गर्छ ? धेरैको जवाफ आउँछ गर्दैन। फोहोर सफा गर्ने दृढ संकल्प बोकेको व्यक्ती किनारमा बसेर सफा गर्छु भन्नु हास्यास्पद हुन्छ। सफा गर्नको निम्ती फोहोरमै भएकै ठाउँमा पुगेरै सफा गर्ने हो । त्यसैले नआतिनुस।
 
नेपाली समाजलाई उन्नत, समृद्ध र प्रगतिशिल बनाउन अझ धेरै सामाजिक आन्दोलनको नेतृत्वो गर्न जरुरी छ। त्यसैले एउटा सामान्य परिस्थितीबाट उत्पन्न प्रतिक्रियाले राजिनामा दिन केहि दवाव दिदैमा कुलेलाम ठोक्नु तपाईं जस्तो नेतृत्वको लागि सुहाउने कुरा हुन सक्दैन । हरेक पार्टीका एक तहका बौद्धिक जमात तपाईं र तपाइका कामबाट प्रभाबित छन् । उनीहरु पनि तपाइको कामलाई हेरेर तपाइको पक्षमा उभिनेछन्। तपाइ मैदानबाट भाग्दा तपाइ एक्लै पर्नुहुनेछ। बीरले डटेर परिस्थितिको सामना गर्छ पीठ फर्काएर भाग्दैन। राजनीतिको यो मैदानमा डट्नुस । जीते हस्तिनापुरको राज छदैछ हारेपनि यो लडेको थियो भन्ने लामो समयसम्म सम्झनामा रहनेछ। त्यसैले दृढ इच्क्षा शक्ती र दृढ आत्मबल बोकेर अगाडि बढ्नु होस् । सफलता अवश्य मिल्नेछ । मैदानबाट भाग्नेहरु बहादुर होइनन कायर हुन। विवेक प्रयोग गर्दै मैदानमा डट्नुस। जीत अवश्य तपाइकै हनेछ। जनताकै हुनेछ ।  शुभकामना ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ