arrow

पेट्रोलियम पदार्थ बोकेको टयाङकर विष्फोट हुँँदा कम्तीमा ७३ जनाको मृत्यु, सय बढी घाइते

logo
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
mozambic.png
मोजाम्बिक । मोजाम्बिकमा पेट्रोलियम पदार्थले भरिएको एउटा ट्यांकर विस्फोट हुँदा कम्तीमा ७३ जनाको मृत्यु भएको छ । 
 
दुर्घटनामा कम्तीमा एक सय जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।
 
अधिकारीहरुका अनुसार सो ट्यांकरबाट स्थानीयले इन्धन चोरी गरिरहेको अवस्थामा विस्फोट भएको हो । 
 
तेते राज्यको काफिरिडजांगे गाउँमा दुर्घटना भएको सो ट्यांकरबाट स्थानीले इन्धन निकालिरहेको समयमा विस्फोट हुँदा कयौं मानिसलाई आगोले लपेटेको थियो ।  
 
स्थानीयले टयाङकरलाई एम्बुसमा पारेको आशंकामा अनुसन्धान सुरु भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ