arrow

जापानी प्रधानमन्त्री अवी ट्रम्पलाई भेट्ने पहिलो नेता, भने- 'ट्रम्पमाथि मेरो पुरा भरोसा छ'

logo
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
Japan-Amerika.jpeg
एजेन्सी । अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो अवीबीच प्रत्यक्ष भेटवार्ता भएको छ । योसँगै नयाँ राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पलाई भेट्ने अवी विश्वकै पहिलो नेता बनेका छन् । 
 
करिब डेढ घण्टा भएको भेटवार्ता न्यूयोर्कस्थि ट्रम्प टावरमा भएको हो । ट्रम्पसँगको भेटवार्ता न्यानो वातावरणमा सफा भएको अवीले जनाएका छन् । अवीले ट्रम्पमाथि आफ्नो पुरा भरोसा रहेको बताउँदै आपसी राष्ट्रबीच विश्वासको सम्बन्ध निर्माण गर्न आफू विश्वस्त रहेको समेत बताएका छन् । 
 
दोस्रो विश्वयुद्धको अन्त्य भएपछि अमेरिका र जापान राम्रो मित्रको रुपमा यहाँसम्म आइपुगेको छ । तत्कालिन समयमा अमेरिकाले अर्थतन्त्रलाई माथि उठाउन जापानलाई सहयोग गरेको थियो । भेटका क्रममा ट्रम्पले अवीलाई अमेरिका सेनालाई आफ्नो भूमिमा व्यवस्थित गर्न जापानले थप खर्च गर्नुपर्ने बताएका छन् ।
 
उत्तर कोरियाले परमाणु परिक्षण मार्फत दिने धम्मीको सामना गर्न जापान र दक्षिण कोरियाले आफै आणविक हतियार विकास गर्नुपर्नेमा ट्रम्पले जोड दिएका छन् । भेटपछि अवीले भने, ‘म विश्वास गर्छु दुई मुलुकबीच आपसी विश्वास नभई मोर्चाले निकट दिनमा केहीँ गर्न सक्दैन र आजको भेटबाट यो स्वीकार्य छ कि ट्रम्पमाथि मेरो पुरा भरोसा छ ।‘



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ