arrow

दलाई लामाको भ्रमण रोक्न मंगोलियालाई चीनको आग्रह

logo
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
dalai-lama.jpeg
एजेन्सी । दलाई लामाको भ्रमणलाई तत्काल खारेज गर्न चीनले मंगोलियालाई आग्रह गरेको छ । लामाको भ्रमणले बेजिङ र उत्तरी छिमेकी राष्ट्रबीचको सम्बन्धमा असर गर्ने भन्दै चीनले सो आग्रह गरेको हो । 
 
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेन सुवाङले द्वपक्षिय सम्बन्ध र विगतमा विभिन्न विषयमा भएका सहमतिहरुलाई राम्ररी ख्याल गर्न चीनले मंगोलियालाई विशेष आग्रह गरेको जनाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै सुवाङले भने, ‘लामालाई भ्रमणका लागि प्रवेश नदिनु । साथै उनको विखण्डनवादी गतिविधिलाई साथ नदिनु ।‘
 
मंगोलियाका संचार माध्यमका अनुसार लामा शुक्रबार मंगोलिया भ्रमणमा निक्लिने कार्यक्रम रहेको थियो । लामाले सन् २००६ मा पनि मंगोलिया भ्रमण गरेका थिए । उक्त भ्रमणप्रति रिस पोख्दै चीनले बेजिङ र उलाबटारको हवाई उडान खारेज गरेको थियो । यद्धपि त्यसको केहीँ समयपछि चीनले उक्त उडान पुन: सुचारु गरेको थियो । 
 
चीनले लामाको भ्रमण खारेज गर्न आग्रह गरेपनि मंगोलियाले भने त्यसको कुनै आधिकारिक जवाफ दिएको छैन । त्यसैले लामाको भ्रमण हुने नहुनेमा अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ