arrow

विद्या संस्कारलाई एपेक्स फुटसल उपाधि

logo
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
chimpion.jpeg
काठमाडौं । प्रथम एपेक्स लाइफ यु–१२ छात्र अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि विद्या संस्कारले जितेको छ । सरस्वतीनगरस्थित आयोजक एपेक्स लाइफ स्कुलमा भएको फाइनलमा विद्या संस्कारले संस्कृतिलाई टाइब्रेकरमा २–१ गोलले पराजित गर‍्‍याे ।
 
 विजयी टिमका लागि उमिद रायमाझी र प्रत्युश भट्टराईले गोल गरे । संस्कृतिका रिवाज श्रेष्ठले गोल गरे । निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएको थियो ।
 
संगम बुढाथोकीको कप्तानीमा रहेको विद्या संस्कार टोलीबाट उमिद रायमाझी, अथर्व कोइराला, प्राण्जल तिवारी, सुहान शंकर, साहिल हुसेन, रजत श्रेष्ठ, सयुज रुपाखेती, सागर दाहाल र प्रत्युश भट्टराईले प्रतिस्पर्धा गरेका थिए । प्रशिक्षकमा राजन न्यौपाने छन् ।
 
विद्या संस्कारले लिग खेलमा टीआईए र विल्सनलाई हराएको थियो भने प्यारागनसंग बराबरी नतिजा निकाल्दै समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा विद्या संस्कारले काभ्यालाई पन्छ्याउदै संस्कृतिसंग फाइनल भेट पक्का गरेको थियो ।
 
प्रत्युश भट्टराई उत्कृष्ट खेलाडी तथा उमिद रायमाझी उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगितभर २२ गोल गरेका संस्कृतिका देभान्स आचार्य सर्वाधिक गोलकर्ता बने । विल्सन एकेडेमीले अनुशासित टिमको उपाधि हात पा¥यो ।
 
विजेतालाई एनप्याब्सनका केन्द्रीय अध्यक्ष कर्णबहादुर शाही, एपेक्सका निर्देशक सुवास न्यौपाने, एपेक्सकी आर्थिक प्रमुख विन्दु न्यौपाने र एपेक्सका प्रिन्सिपल विशाल क्षेत्रीले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । पाँचदिने प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ