arrow

न्यायालयमा भ्रष्टाचारको हावा बग्छ : प्रधानन्यायाधीश कार्की

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
Susila-Karki.jpg.jpeg
काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीले ‘न्यायालयमा समेत भ्रष्टाचारको हावा बग्ने गरेको’ बताएकी छन् । दुई नम्बर प्रदेश उच्च अदालतको राजविराज इजलास निरीक्षणपछि बोल्दै कार्कीले यस्तो हावाले राम्रा छवि भएका न्यायाधीशलाई पनि दाग लगाउने गरेको गुनासो गरिन् । अदालतमा भ्रष्टाचार हुने गरेको जनगुनासो रहेको भन्दै उनले राजनीतिक क्षेत्रमा जस्तो अदालतमा भ्रष्टाचार नहुने दाबीसमेत गरिन् । अदालतमा चर्चा गरिए जति भ्रष्टाचार र राजनीति नरहेको भन्दै उनले इजलासमा बसेपछि राजनीति गर्ने पनि स्वतन्त्र बन्ने उनको दाबी छ ।
 
‘न्यायालयमा कहिलेकाहीँ भ्रष्टाचारको हावा पनि बग्छ, त्यो हावाले राम्रा छविका न्यायाधीशमाथि पनि दाग लगाउने गरेको छ,’ उनको भनाइ थियो । तर न्यायालय भ्रष्टाचार शून्य छ भनेर दाबी गर्ने अवस्थामा भने अझै पुगिनसकेको बताइन्। ‘न्यायालयभित्र भ्रष्टाचार र राजनीतिक प्रभाव छैन चाहिँ भन्न सकिँदैन तर, जुन रूपमा भ्रष्टाचारको कुरा बाहिर आउँछ, त्यो अनुपातमा चाहिँ छैन।’
 
उनले भ्रष्टाचारलाई निर्मूल गर्न र अदालतलाई बलियो बनाउन आफूहरूको प्रयास निरन्तर रहेको बताइन् । कुनै एक व्यक्तिले कुनै कालखण्ड या समय विशेषमा गरेको भ्रष्टाचारजन्य क्रियाकलाप र राजनीतिक गतिविधिका कारण सिंगो न्यायालयमा भ्रष्टाचार र राजनीति भयो भन्न नमिल्ने भन्दै उनले न्यायालयमा यी दुवै कुरा अस्वीकार्य हुनेसमेत बताइन्, आजको राजधानी दैनिकमा खबर छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ