arrow

सीआईए प्रमुख र महान्यायाधिवक्ता परिवर्तन गर्दै ट्रम्प

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
trumpcia.jpeg
न्युयोर्क (अमेरिका)। अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि उच्च केही व्यक्तिलाई छनौट गरेको ट्रम्प निकट स्रोतले जनाएको छ । 
 
नाम गोप्य राख्ने सर्तमा अलावामा सिनियर जेफ सेसनलाई अमेरिकी महान्यायाधिवक्ता, कान्सास माइक पोम्पेओलाई सीआईए प्रमुख र पूर्व सैनिक गुप्तचर प्रमुख माइकल फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि छनौट गरेको उनले बताए । 
 
उच्चपदमा छानिएका तीनैजना वर्तमान राष्ट्रपति बाराक ओबामा र वर्तमान अमेरिकी नीतिका कटु आलोचकका रुपमा चिनिएका व्यक्तित्व हुन् । एपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ