arrow

आतङ्ककारी आक्रमणमा तीन भारतीय सैनिक मारिए

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
India-paka-war-news.jpeg

गुवाहाटी । भारतको उत्तरपूर्वी राज्य असाममा शनिबार सैनिकको एक जथालाई लक्ष्यगरी भएको एम्बुस आक्रमणमा तीन सैनिकको मृत्यु भएको छ । अन्य चार घाइते भएका छन् ।

असाम राज्यको तीनसुकिया जिल्लाको डिग्बोई सरहमा सो आक्रमण भएको एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई जानकारी गराएको राष्ट्रिय समाचार समिति राससले उल्लेख गरेको छ । आक्रमणको क्रममा दोहोरो झडपसमेत भएको र त्यसैक्रममा तीन सैनिकको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारी मुकेस अगरवालले बताए ।

स्थानीय सञ्चार माध्यमका अनुसार आतङ्ककारीहरुले हातहतियारलगायत रकेट, ग्रिनेड र एके –४७ राइफलसमेत प्रयोग गरेर आक्रमण गरेका जनाइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् ।

यद्यपि,  प्रहरीका अनुसार यस प्रकारको एम्बुस आक्रमण युनिटेड लिबेरसन फ्रन्ट अफ आसोम (युएलएफए) ले गर्दै आएको हु्नाले यस आक्रमणमा पनि यसै समूहको हात रहेको अनुमान छ ।

तेल धनी क्षेत्र आसाममा स्वतन्त्र गृहभूमिको लागि लडाई गरिरेहका कैयौ समूहहरु मध्ये युएलएफए पनि एक हो । सन् २०११ मा युएलएफएले ३३ बर्षसम्म जारी राखेको विद्रोहलाई अन्त्य गर्न भारतीय सरकारसँग शान्ति वार्ता गर्ने घोषणा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ