arrow

ट्रम्पद्वारा सेसनलाई महान्यायाधिवक्ता र पोम्पियोलाई सीआईए प्रमुखमा छनोट

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
trumpcia.jpeg
न्युयोर्क (अमेरिका)। अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि उच्च केही व्यक्तिलाई छनौट गरी  नियुक्त गरेका छन्। अलावामा सिनियर जेफ सेसनलाई अमेरिकी महान्यायाधिवक्ता, कान्सास माइक पोम्पेओलाई सीआईए प्रमुख र पूर्व सैनिक गुप्तचर प्रमुख माइकल फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि छनौट गरेको उनले बताए।  उच्चपदमा छानिएका तीनैजना वर्तमान राष्ट्रपति बाराक ओबामा र वर्तमान अमेरिकी नीतिका कटु आलोचकका रुपमा चिनिएका व्यक्तित्व हुन्। 
 
उनले महान्यायाधिवक्तामा सिनेटर जेफ सेसन, मिचेल फ्लिन राष्ट्रिय सुरक्षा सल्लाहकार र सांसद मिक पोम्पेओलाई ‘सेन्टल इन्टेलिजेन्स एजेन्सी (सिआइए) प्रमुखमा नियुक्त गरेको हो। “एक जना सम्मानित र ख्याति प्राप्त कानुनविद्, जसलाई सवैले चिन्दछन् त्यस्ता व्यक्ति सिनेटर जेफ सेसनलाई महान्यायाधिबक्तामा नियुक्त गरिएको छ,” ट्रम्पद्धारा जारी बक्तव्यमा उल्लेख गरिएको छ। ट्रम्पको वेभसाईडमा राखिएको वक्तव्यमा अगाडी भनिएको छ, “मिचेल फ्लिन जस्तो व्यक्तिलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्न पाउदा म ज्यादै खुशी छु, उहाँले इस्लामिक आतङ्कबादको प्रतिवाद गर्न सक्नुहुने छ र भूराजनीतिक चुनौतीहरुलाई राम्रोसंग बुझ्नु भएको छ। ’
 
सांसद मिक पोम्पेओलाई सिआइएको प्रमुख बनाउन पाएकोमा आफूलाई गर्व लागेको पनि ट्रम्पले बताएका छन्। जारी वक्तव्यमा ती तीनै जनाले आफुहरुलाई नियुक्त गरिएको कुरा स्विकार गरिसकेका छन् । नियुक्त भएका मध्ये सेसन ६९, फ्लिन ५७ र पोम्पेओ ५२ बर्षीय छन्। यसरी सामुहिक रुपमा नियुक्त गरेको ट्रम्पको यो दोस्रो पटक हो। यसअघि उनले रिन्स प्रिबसलाई कर्मचारी प्रमुख र स्टेफेन बाननोनलाई प्रमुख कूटनितिज्ञका रुपमा नियुक्त गर्नु गरेका थिए। रासस ÷सिन्ह्वा 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ