- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कैलाली । आगलागीका कारण बन्द भएको कर्णालीको पुल आजदेखि खुलेको छ । आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि खुलेको हो ।
नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल पछि पुल खुलइएको बताए ।
उनले भने “पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएका छौँ । '
गत सोमबार पुलमा आगो लागेको थियो । पुलमा गुडीरहेको ट्रकमा लागेको आगो पुलका १४ वटा सहारा लट्ठामा लाग्दा केही क्षति भएको थियो । विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो ।