arrow

पुनःनिर्माणको काम प्रभावकारी भएनः सांसद

logo
प्रकाशित २०७३ मंसिर ५ आइतबार
parliament.jpeg
काठमाडौँ। व्यवस्थापिका– संसद्को आइतबारको बैठकको शून्य समयमा सांसदले ‘गोरखा भूकम्प’ गएको लामो समय भए पनि वास्तविक भूकम्पपीडितले हालसम्म राहत नपाएको तर नक्कली भूकम्पपीडितले पाएको र कर्मचारी गाउँ नजाँदा पीडितले राहत पाउन मुस्किल भएको गुनासो गरेका छन्।तत्काल पीडित बस्तीमा कर्मचारी पठाएर पुनःलगत सङ्कलन गर्न उनिहरुले सरकारको ध्यानाकर्षण गराए । पहिलो किस्ता बापतको रकम समेत पीडितले नपाएको भन्दै सांसदले पुनःनिर्माणको काम कारबाही प्रभावकारी हुन नसकेको दुखेसो पोखे। 
 
यस्तै भारत सरकारले भारु पाँच सय र एक हजारमा प्रतिबन्ध लगाएपछि त्यसले नेपाली बजारमा समेत प्रभाव पारेकाले तत्काल समस्या समाधान गनुपर्नेमा उनिरुले जोड दिए । 
 
उनिहरुले चिनियाँ लगानीमा कोटेश्वर–कलङ्की सडक खण्ड निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयवासी प्रभावित भएको र धुलोका कारण सहज रुपमा जीवनयापन गर्न समेत कठिनाइ भएको बताउँदै विभागीय मन्त्रीलाई स्थलगत अवलोकनमा जान आग्रह गरे। यसरी धारणा राख्नेमा श्यामकुमार श्रेष्ठ , सुशीला नेपाल, सकलदेव सुतिहार, सीता नेपाली, सुरेन्द्रराज आचार्य, ज्ञानकुमारी छन्त्या लगायत थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ