arrow

सांसदको सुविधा सम्बन्धी विधेयक स्वीकृत

logo
प्रकाशित २०७३ मंसिर ५ आइतबार
samsadbhawan.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसद्को आइतबारको बैठकले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ लाई संशोधन सहित स्वीकृत गरेको छ । 
 
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत गरेको सो विधेयकलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि विधेयकमाथि परेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । 
 
विधेयकमा परेका संशोधन प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री नायकले समयानुकूल रुपमा जनप्रतिनिधिलाई पारिश्रमिक तथा सुविधा दिनेसम्बन्धी व्यवस्था गरिएको बताए  । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ