arrow

दुई अर्ब ४० करोड डलरमा फ्युजनलाई किन्दै एस्ट्राजेनेका

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
astrazeneca.jpg

काठमाडौँ । क्यान्सर उपचार सेवाका लागि एस्ट्राजेनेका समूहले कम्पनीको महत्त्वपूर्ण बिस्तारस्वरूप अमेरिकी बायोफर्मा कम्पनी फ्युजनलाई दुई अर्ब ४० करोड अमेरिकी डलरमा खरिद गर्ने भएको छ ।

एङ्लो–स्वीडिस औषधि कम्पनी एस्ट्राजेनेकाको बिस्तारले केमोथेरापी र रेडियोथेरापीजस्ता परम्परागत पद्धतिलाई थप लक्षित उपचारको साथ प्रतिस्थापन गरेर क्यान्सरको उपचार र बिरामीहरूको लागि परिणामहरू रूपान्तरण गर्ने महत्वाकाङ्क्षालाई पूरा गर्ने उद्देश्यसहित यो बिस्तार सुरू गरेको हो ।

“फ्युजनको स्वामित्व खरिद गर्ने सम्झौता एस्ट्राजेनेकाको लागि एक प्रमुख कदम हो र यो बिस्तारले केमोथेरापी र रेडियोथेरापीजस्ता परम्परागत पद्धतिलाई प्रतिस्थापन गर्दै क्यान्सरको उपचार र बिरामीहरूको सेवालाई सहज बनाउने महत्वाकाङ्क्षालाई पूरा गर्नेछ,” कम्पनीद्वारा जारी एक विज्ञप्तिमा भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ