arrow

ट्रक दुर्घटनामा २ को मृत्यु, ३ घाइते

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७३ मंसिर ५ आइतबार
Rukum-hamrakura.jpg.jpeg
रुकुम। रुकुममा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्लाको पूर्वी क्षेत्र मोरावाङ गाविसबाट सदरमुकाम खलंगातर्फ हिडेको बा १ ख ९६९१ नम्बरको मिनी ट्रक रुकुमकोट–९ रातापहर भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
 
 दुर्घटनामापरी मोरावाङ ३, की अन्दाजी १७ वर्षीया सपना सुनार र चालक सल्यान शिवरथ–४, सिमखोलीका २४ वर्षीय लालवीर सुनारको घटनास्थलमै मृत्यु भएको र सहचालक सल्यान शिवरथ–९, का २५ वर्षीय अर्जुन विक, रुकुम मोरावाङ–९, की १६ वर्षीया पूर्णिमा सुनार र स्यालाखदीका २० वर्षीय कमल विक घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीले जानकारी दिए ।  
 
घाइते पूर्णिमा र कमलको अवस्था गम्भीर छ भने अर्जुन सामान्य रहेको डिएसपी जिसीले बताए । घाइतेलाई स्वास्थ्यचौकी रुकुमकोटमा प्राथमिक उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ । आइतबार बिहान ५ बजे दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । दुर्घटना भएको झण्डै १ घण्टापछि मात्रै इलाका प्रहरी कार्यालय रुकुमकोट र स्थानीयवासी घटनास्थल पुगेका थिए । घाइते सहचालक अर्जुन आफैंले दुर्घटना भएको खबर गरेका थिए । ३ घण्टा लगाएर मृतक र घाइतेको उद्धार गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ