arrow

पर्वतारोही सञ्जयलाई एक लाख सहित सम्मान

logo
प्रकाशित २०७३ मंसिर ५ आइतबार
sanjaypandit.jpeg
काठमाडौँ । विश्व पर्वतारोही सञ्जय पण्डित एक लाख सहित सम्मानित भएका छन् । पण्डितलाई आईएमई लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड र अशोक लेल्याण्डको अधिकृत विक्रेता एलटी इन्टरप्राईजेजले एक लाख सहित सम्मान गरेको हो ।
 
अफ्रिकाको शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने आरोही संजयलाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, आईएमई अटोमोटिभ्सका निर्देशक सन्दिप अग्रवाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र आईएमईका प्रमुख कार्यकारी अधिकृत  सुमन पोखेरेलले सम्मान गरेका हुन् । 
 
कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पण्डित सहासी व्यक्तित्व भएकाले सबैले उनको नेपाललाई विश्वमा चिनाउने अभियानलाई सक्दो सहयोग गर्नुपर्ने बताए । पण्डितले सर्वोच्च शिखर सगरमाथा, आठौ ठूलो पर्वत मनास्लु ,  युरोपको सर्वोच्च शिखर एलब्रस,  जापान तथा अमेरिकी सर्वोच्च शिखरको सफल आरोहण गरी सकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ