arrow

कानपुर रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११२

logo
प्रकाशित २०७३ मंसिर ५ आइतबार
kanpur-durghatana-news.jpeg

एजेन्सी । भारतको कानपुरमा भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या एक सय १२ पुगेको छ । मृत्यु हुने मध्ये २५ जनाको अझै पहिचान खुलेको छैन । डेढ सय बढी घाइते मध्ये ७५ जनाको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।


आइतबार बिहान इन्दोर–पटना एक्सप्रेस रेल दुर्घटनामा परेको हो । दुर्घटना हुँदा रेलका १४ डिब्बा लिकबाट बाहिर खसेका थिए । रेल इन्दोरबाट पटना जाँदै थियो । दानापुर रेल व्यवस्थापनका जनसम्पर्क अधिकारी रंजीत कुमार सिंहका अनुसार रेलमा ७ सय ९४ यात्रु थिए । रेल मन्त्री सुरेश प्रभुले यो दुर्घटनाको छानविन हुने र  घटनाका दोषीलाई कडा कारबाही हुने बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख प्रकट गर्दै रेल मन्त्री सुरेश प्रभुसँग घटनाबारे जानकारी लिएको बताएका छन् । प्रधानमन्त्री मोदीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । रेल मन्त्री सुरश प्रभुले मृतकका परिवारलाई साढे ३ लाख र घाइतेलाई ५० हजार दिने बताएका छन् ।

यस्तै, प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई २–२ लाख र घाइतेलाई ५०–५० हजार दिने घोषणा गर्दा उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले मृतकका परिवारलाई ५–५ लाख र घाइतेलाई ५०–५० हजार दिने घोषणा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ