arrow

शंख ध्वनिले गरायो दुई राप्रपाको मिलन

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरण

logo
प्रकाशित २०७३ मंसिर ६ सोमबार
raparpa-nepal-aa.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच पार्टी एकता भएको छ । काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा एक समारोहबीच राप्रपा नेपालर राप्रपाबीच एकता  भएको हो । एकताको प्रतिवद्धता पत्रमा कमल थापा र पशुपति शमशेर राणाले हस्ताक्षर गर्दै आदान प्रदान गरे ।

प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले कार्यक्रमको औपचारिक उद्घाटन गरे । राणाले पृथ्वीनारायण शाहको तस्वीर नजिकै राखिएको पानसमा बत्ति बाल्दा पण्डितले शंख ध्वनिमार्फत मिलनारम्भ गरे ।  
 
पार्टीमा दुईजना अध्यक्ष हुने अन्तरिम विधान पारित भइसकेको छ । विधान अनुसार नै राणा राष्ट्रिय अध्यक्ष र थापा पार्टी अध्यक्ष भएका छन् । पार्टीको झन्डा राप्रपा नेपालको हुने र चुनाव चिन्ह भने महाधिवेशनले तय गर्ने छ । महाधिवेशन तीन महिनाभित्र हुने बताइएको छ ।

पार्टीमा दुई अध्यक्षसहित ५ जना शीर्ष नेताको नेतृत्व लियर हुनेछ । जसमा लोकेन्द्रवहादुर चन्द,विश्वबन्धु थापा र प्रकाशचन्द्र लोहनी हुनेछन् । राप्रपाको आलोपालो नेतृत्व प्रणाली अनुसार माघ ११ पछि राष्ट्रिय अध्यक्ष पद राणाले लोहनीलाई हस्तान्तरण गर्नुपर्नेछ । एकिकरणसँगै राप्रपा व्यवस्थापिका संसदमा ३७ सिटका साथ चौथो ठूलो दल बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ