arrow

झारफुकको निहुँमा बलात्कार

logo
प्रकाशित २०७३ मंसिर ६ सोमबार
बनेपा। झारफुकको निहुँमा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय प्रेम तिमल्सिनाविरुद्ध सोमबार प्रहरीले जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ । 
 
पीडितका आफन्तले दिएको उजुरीका आधारमा तिमल्सिनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । 
 
बनेपा–५ मा अस्थायी रुपमा बस्ने तिमल्सिनालाई शनिबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो । यसअघि पनि झारफुकको निहुँमा बलात्कार गरेको आरोपमा काभ्रेपलाञ्चोक जिल्लाको शङ्खु गाविसबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको थियो । ती किशोरीमा तीन महिनाको गर्भ रहेको बताइन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ