arrow

सुपमा हालसम्मकै ठूलो धनराशीको भलिबल प्रतियोगिता

प्रतियोगिताको मुल सन्देश : प्रदेश ७ को राजधानी दिपायलमै हुनु पर्ने

logo
खगेन्द्र सिँह,
प्रकाशित २०७३ मंसिर ६ सोमबार
sports-bhollyball-new.jpeg

डोटी । सुदूरपश्चिमाञ्चल क्षेत्रमै हालसम्मको ठूलो धनराशीको भलिबल प्रतियोगिता डोटीमा शुरु भएको छ । कपल्लेकी युवा समाजको आयोजनामा प्रदेश नं. ७ स्तरीय खुल्ला भलिबल प्रतियोगिता शुरु भएको हो ।
    
प्रतियोगिताको विजेताले सिल्डसहित १ लाख ५१ हजार रुपैयाँ, उप–विजेताले सिल्डसहित ५१ हजार रुपैयाँ पाउने आयोजक संस्थाका अध्यक्ष एवं भलिबल संघ डोटीका अध्यक्ष दीपक बोगटीले जानकारी दिए ।

प्रतियोगितामा १२ टिम सहभागि छन् । सुदूरपश्चिमका ९ वटा जिल्ला मध्य बैतडी र दार्चुला जिल्ला बाहेक अन्य सबै जिल्लाबाट एक–एक टिम सहभागि भएका छन् । डोटीबाट ४ वटा टिम सहभागि छन् भने विभागीय टिम अन्तर्गत सुदूरपश्चिम पृतना हेडक्वाटर दिपायलबाट एउटा टिम समावेश छ ।

प्रतियोगिताको अन्तमा बेस्ट प्लेयर, बेस्ट डिफेन्सर र बेस्ट स्पाइकरलाई मेडलसहित नगद ५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । ७ नम्बर प्रदेशको संघीय राजधानी दिपायलमा नै हुनुपर्ने तथा खेलाडीको पहिचान केन्द्रमा जोड्नका लागि भलिबल खेलको आयोजना गर्न लागिएको अध्यक्ष बोगटीले बताए ।

भलिबल प्रतियोगितालाई ‘पाँचौ भागेश्वर ग्रुप कपल्लेकी भलिबल सिल्ड’ नामाकरण गरिएको छ । खेलमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका खेलाडीलाई मात्र सहभागि गराइएको छ । प्रतियोगिता मंसिर ९ गतेसम्म संचालन हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ