arrow

मिर्गौला रोगी बालिकालाई प्रवासीको सहयोग

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
Kidney-Stones-&-Treatment.jpg.jpeg
फलेवास । विगत चार वर्षदेखि मिर्गौलाको रोगका कारण थलिएकी यहाँकी एक बालिकालाई प्रवासीले आर्थिक सहयोग गरेका छन् । 
 
रोजगारीका लागि पर्वतबाट दोहा कतारमा पुगेका युवाले पर्वतको राम्जाठाँटी गाविस–३ की १४ वर्षीया किशोरी अनिता शर्मालाई सहयोग गरेका हुन् । 
 
विगत चार वर्षदेखि मिर्गौला रोगबाट पीडित बनेकी किशोरीलाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले पर्वत सम्पर्क मञ्च, दोहा, कतारले नगद रु ३० हजार सहयोग गरेको हो । 
 
उक्त रकम सोमबार कुश्मामा एक कार्यक्रमको आयोजना गरी पीडित किशोरीका बाबुु डिल्लीराम शर्मालाई नेकपा एमालेका जिल्ला अध्यक्ष पदम गिरीले हस्तान्तरण गरे । 
 
दुईवटै मिर्गौलामा समस्या देखिएपछि राजधानीका विभिन्न अस्पतालमा उपचार गराउँदै आएको उनले बताए ।
 
 उनी अहिले नियमित औषधि सेवन गरिरहेकी छिन् । उनी गाउँमै रहेको सरस्वती निम्न माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत रहेकी छिन् । 
 
आर्थिक अवस्था निकै कमजोर रहेको उनको परिवारमा नियमित औषधोपचारका लागि रकम अभाव भएपछि विभिन्न दाताले सहयोग गर्दै आएका छन् । 
 
अनिताको उपचारका लागि हालसम्म रु तीन लाखभन्दा बढी खर्च भइसकेको बाबु डिल्लीराम शर्माले बताए । 
 
उनले अहिले औषधी सेवनले काम गरेको र औषधिले काम गर्न छाडेपछि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने जानकारी दिए ।
 
 उनले आफ्नी छोरीको उपचारका लागि आवश्यक सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् । उक्त सहयोग रकम मञ्चका अध्यक्ष शेषराज तिमिल्सिनाको पहलमा सङ्कलन भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ